single head

चौथो गैँडाकोट महोत्सव पुस २५ गते देखि माघ १० सम्म हुने

single post top 1

गैँडाकोट। चौथो गैँडाकोट महोत्सव पुस २५ गते देखि माघ १० सम्म सहुने भएको छ। उद्योग वाणिज्य संघ गैँडाकोटले आज पत्रकार सम्मेलन गरी नारायणी नदी किनारमा आयोजना हुन लागेको महोत्सवको बारेमा जानकारी दिएको हो ।  संघका अनुसार महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले गैँडाकोटलाई दु्रत गतिमा अघि बढिरहेको उद्यमशीलताको केन्द्रका रूपमा वर्णन गर्नुभयो । अध्यक्ष भट्टचनले भन्नुभयो “महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोडेर उद्यमशीलतामा नयाँ ऊर्जा थप्छ। महोत्सवले गण्डकी प्रदेश मात्र होइन, देशकै आर्थिक तथा व्यापारिक गतिविधि गतिशील बनाउन मद्दत गर्नेछ।”
त्यसैगरी उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष दिपक सापकोटाले भन्नुभयो ,“स्थानीय उद्यमी, किसान र उत्पादकका लागि यो उत्कृष्ट बजार प्लेटफर्म हो। महोत्सवमार्फत बजार विस्तार, नयाँ साझेदारी र प्रविधिको आदान–प्रदान हुने भएकाले यसको प्रत्यक्ष लाभ स्थानीय समुदायले पाउनेछ ।

single p1

single p2

कार्यक्रम संयोजक छबिलाल कडेलले भन्नुभयो, “गैँडाकोट महोत्सव सबैका लागि हो–पर्यटक, व्यापारी, कलाकार, बालबालिका, परिवार सबैले एकै ठाउँमा विविध अनुभव पाउनेछन्। सुरक्षा, सरसफाइ, पार्किङ, स्वास्थ्य सेवा तथा मिडिया सुविधासहित सबै संरचना व्यवस्थित रूपमा तयार गरिँदैछ।

कार्यक्रमबारे जानकारी दिँदै आयोजकले करिब २५० स्टल, २ लाखभन्दा बढी दर्शक तथा २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको बताएको हो। देशभरका उद्योगी–व्यवसायीसँगै भारत, पाकिस्तान र बंगलादेशका प्रदर्शकहरूको समेत सहभागिता रहनेछ।

महोत्सवलाई चार मुख्य क्षेत्र—प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र—मा विभाजन गरिएको छ। अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक्स, कृषि–जडिबुटी, हस्तकला, तयारी पोशाकदेखि दैनिक उपभोग्य सामानसम्मका विविध स्टलहरू महोत्सवमा रहनेछन्।
सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकार, फेशन शो, विद्यालय र सांस्कृतिक समूहका प्रस्तुति रहनेछन्। बाल उद्यान क्षेत्रमा मनोरञ्जनात्मक खेल सामग्री, जलपरी तथा माछाका एक्वेरियम जडान गरिनेछ।

सुरक्षा र व्यवस्थापनलाई ध्यान दिँदै महोत्सव स्थलमा सिसिटिभी निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार, मिडिया सेन्टर, पार्किङ तथा स्वच्छता व्यवस्थापन रहने आयोजकले जनाएको छ।संघले महोत्सवले स्थानीय उत्पादन र पर्यटन क्षेत्रलाई थप उजागर गर्दै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सबै पक्षको सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3