single head

गैडाकोटमा उत्सर्जन न्यूनीकरण कार्यक्रम सम्बन्धी पालिका स्तरीय एकदिने सचेतना तथा अन्तरक्रिया गोष्ठी

single post top 1

गैडाकोट । गैडाकोटमा जुरिस्डिक्शनल रेडप्लस (उत्सर्जन न्यूनीकरण) कार्यक्रम सम्बन्धी पालिका स्तरीय एकदिने सचेतना तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।
“व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने मूल नाराका सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरको आयोजनामा जयश्री सामुदायीक बनको सभाहलमा बुधवार कार्यक्रम सम्पन्न भएको हो।

single p1

गोष्ठीमा गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले उत्सर्जन न्यूनीकरण तथा दिगो वन व्यवस्थापनका कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
उत्सर्जन न्यूनीकरण सम्बन्धी कार्यक्रमको सहजीकरण सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी तथा सामुदायिक वन उपभोक्ता महासंघ लमजुङकी अध्यक्ष शान्ता सापकोटाले गर्नुभएको थियो। उहाँहरूले रेड प्लस कार्यक्रम, कार्बन व्यापार, सामुदायिक वन व्यवस्थापन र स्थानीय तहको भूमिकाबारे विस्तृत जानकारी गराउनु भएको थियो।
कार्यक्रममा सब डिभिजन बन कार्यलय गैडाकोटका प्रमुख सन्तोष मिश्र, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कमल प्रसाद पराजुलीले शुभकामना मन्तब्य राख्नु भएको हो ।
कार्यक्रममा सरोकारवाला,सब डिभिजन बन गैडाकोट, सामुदायीक वनका प्रतिनिधि, आदिबासि जनजाति महासंघका प्रतिनिधिहरुको सहभागितामा गोष्ठि तथा अन्तरक्रिया भएको हो ।

single p2

 

कार्यक्रममा गैंडाकोट वडा नम्बर ४ का वडा अध्यक्ष तेज प्रसाद घिमिरे,सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा, स्थानीय वन महासँघ गैंडाकोट अध्यक्ष निर्मला कँडेल, जय श्री सामुदायिक वनका संस्थापक अध्यक्ष टोलनाथ घिमिरे, गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता  संस्थाको अध्यक्ष कृष्णप्रसाद न्यौपाने, आदिवासी जनजाति महासघ गैडाकोट नगर अध्यक्ष नरबहादुर थापा लगायतको उपस्थित रहेको थियो।

कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरको अध्यक्ष मना भण्डारीको अध्यक्षतामा भएको थियो।
जिल्ला महासंघ नवलपुरका उपाध्यक्ष कमल बाचेमगरले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको औपचारिक सहजीकरण महासंघ नवलपुरका सचिव सुशील पौडेलले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3