spot_img

Sunday, July 26, 2026

नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले स्तब्ध बनायो –  राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ।

उहाँले प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूलेसमेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताउनुभएको हो ।

उहाँले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :