spot_img

Wednesday, October 8, 2025

नेपाली महिला फुटबल टोलीले इरानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसअघि नेपाली महिला टोलीले भारतसँग मात्रै खेल्ने तय भए पनि इरानसँग पनि खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
एन्फाका अनुसार फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले सिलोङमा कात्तिक ७ गते इरानसँग र सिलोङमै घरेलु टोली भारतसँग कात्तिक १० गते खेल्नेछ । यसअघि नेपाल र भारतबीचको खेल कात्तिक ९ गते सिक्किममा हुने तय भएको थियो ।
नेपाली महिला फुटबल टोलीको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । न्यौपानेले मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक टोलीको नाम सार्वजनिक गरिसकेका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :