spot_img

Wednesday, October 8, 2025

काठमाडौँ महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन- मेयर बालेन्द्र शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशमा अहिले एकताको आवश्यक्ता रहेको औल्याउनु भएको छ ।
यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो? भन्ने सामाजिक संजालमा आएको जिज्ञाशाको लामो उत्तर दिनुहुँदै काठमाडौँका मेयर बालेन शाहले देशमा अहिले हल्ला र झुटको भन्दापनि देशलाई एकता र साचो कुराको खाचो रहेको धारणा सार्वजनिक गर्नु भएको हो ।

”जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं।सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।अन्त्यमा देशलाई एकता र साँचो कुराको खाँचो छ हल्ला र झुटको हैन” मेयर शाहले भन्नु भएको छ ।

महानगरपलिकाका प्रमुख  साहले भदौ २४ गतेको आन्दोलनमा महानगर दायित्त्वबाट पछाडि नहटेको प्रष्ट पार्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘काठमाडौँ महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन ।’  उहाँले आन्दोलनका दिन महानगरका दमकल कहाँ व्यवस्थापन भएका थिए भनेर पूर्ण विवरण प्रस्तुत गर्नुभएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :