single head

कालिका भूतपूर्व विद्याथी संघले गर्यो शुभकामना आदानप्रदान

single post top 1

असोज २१,गैंडाकोट । कालिका नमुना माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुबिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। बडा दशैलाई बिदा गदै आउदै गरेका चाडपर्वहरु शुभ दीपावली, छठ पर्व र नेपाल सम्वतका अवसरमा कालिका भूतपूर्व विद्याथी संघले मंगलवार विद्यालयको सभाहलमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

single p1

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कालिका भूतपूर्व विद्यार्थी संघको लोगो अंकित टिसर्ट सार्वजनिक गर्नुभएको हो । कालिका नमुना माविको स्वर्ण महोत्सवको पूर्व सन्ध्यामा गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले कालिका नमुना मावि साँच्चिकै नमुना भएको बताउनुभयो । प्रधानाध्यापक शर्माले “मंसिर २७ मा विद्यालयले स्वर्ण महोत्सव मनाउन लागिरहेको बताउनुभयो ।

single p2


कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले अबको शिक्षा भनेको व्यवहारिक शिक्षा र नैतिक शिक्षाको आवश्यक रहेकोे बताउनुभयो । उहाँले अब विद्यार्थीहरूलाई नैतिकवान बनाउन विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । नगरप्रमुख अधिकारीले विद्यालयले मनाउने स्वर्ण महोत्सव सभ्य र भव्य रुपमा मनाउन शुभकामना दिनुभयो। अधिकारीले भूतपूर्व विद्यार्थीले पनि आफु पढेको विद्यालयमा आफ्नो जिम्मेवारी हो भनेर सफल बनाउन पनि आग्रह गर्नुभयो ।

गैँडाकोट वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले आफूले पढेको स्कुलले स्वर्ण महोत्सव मनाउन लागेकोमा खुसी व्यक्त गर्नुभयो। वडा अध्यक्ष सापकोटाले विद्यालयको समग्र विकासका लागि पूर्व विद्यार्थीको अपरिहार्यता रहेको बताउनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाले भूतपूर्व विद्यार्थीहरूको साथ र सहयोगबाट नै विद्यालय अगाडि बढिरहेको र स्वर्ण महोत्सव पनि सफल हुनेमा ढुक्क रहेको बताउनुभयो।

कार्यक्रममा कालिका नमुना माविका भूतपूर्व विद्यार्थी संघका अध्यक्ष तिलोचन सापकोटाले विद्यालयले मनाउन लागेको स्वर्ण महोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू गर्ने बताउनुभयो। संघका अध्यक्ष सापकोटाले रत्तदान र मुटुसम्बन्धी स्वास्थ्य शिविर पनि गर्नेे बताउनुभयो।


कार्यक्रममा जनक कलेजका प्राचार्य प्रधुन्न ढुंगाना, जनक नमुना माविका भूतपूर्व विद्यार्थी संघका कार्यवाहक अध्यक्ष किसान गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनक नमुना माविका निवर्तमान प्रधानाध्यापक चुडामणि शर्मा कँडेल, कालिका नमुना माविका पूर्व प्रधानाध्यापक कमल सुवेदी, भूतपूर्व विद्यार्थी, शिक्षक लगायत बुद्धिजीवी व्यक्तिहरूको उपस्थिति रहेको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3