गैँडाकोट । गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटले हरितालिका तिज पर्व मनाएको छ । संस्कृतिको जगेर्ना सहित पर्वको शुभकामना दिँदै समाजका महिला दिदीबहिनीहरुलाई दर खुवाएको सचिव ईश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयो । तिज पर्वको जगेर्ना, पर्वको शुभकामना आदाप्रदान तथा दर खुवाइएको उहाँको भनाई छ ।
समाजका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिन्द्र खनाल, विशिष्ट अतिथिहरु मौलाकालिका अस्पतालका रेडियोलजिष्ट रमेश घिमिरे,सर्प उद्दारकर्ता यमलाल भण्डारी, भजन गायक पवित्रा पौडेल सपाकोटा,संस्थाका आजिवन सदस्यहरु,सल्लाहकार सदस्यहरु, साधारण सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।
लेखा समिति संयोजक गणेश उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा समाजका कानुनी सल्लाहाकार शेखरनाथ पोखरेल लगायत सस्थाका शुभचिन्तकहरुको सहभागीता रहेको थियो ।
सचिव घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा उपस्थिती महिला दिदीवहिनीहरुले समाजका कारण जन्मस्थानका आफन्तहरुसँग भेटघाट हुन पाएको र पुराना यादहरु सम्झदै तिज पर्व मनाउन पाएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । माईतिको आगन सम्झि समाजको कार्यक्रममा आउन पाएको भन्दै आगामी दिनहरुमा पनि कार्यक्रमहरु गर्न सुझाव दिएका थिए ।