single head

हरितालिका तीजको अवसरमा विजय सामुदायिक विद्यालयमा तीज गीत प्रतियोगिता

single post top 1

गैंडाकोट । विजय सामुदायिक शिक्षा सदनले हरितालिका तीजको अवसरमा विद्यालयमा तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीभित्र रहेको नृत्य र गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले मौलिक शैलीमा आफ्ना तीज गीत प्रस्तुत गरेका थिए ।

single p1

विद्यालयका प्राचार्य चक्रधर पौडेलले विद्यार्थीलाई केवल किताबी अध्ययनमा सीमित नराखी व्यवहारिक र परियोजनामूलक सिकाइमा जोड दिँदै आइरहेको बताउँदै, तीज गीत प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको बताउनुभयो।

single p2

प्रतियोगितामा विद्यार्थीहरूले आफ्नै भेषभूषा र परम्परागत पहिरनमा तीज गीत प्रस्तुत गरेका थिए। प्रस्तुत गीतहरू शिक्षाको महत्त्व, महिला हिंसा, बढ्दो वैदेशिक रोजगारी जस्ता सामाजिक समस्या र सम्भावनामा केन्द्रित रहेका थिए। प्रतिभा प्रदर्शन गर्न पाउँदा विद्यार्थीहरू उत्साहित र खुसी देखिएका थिए भने उनीहरूको प्रस्तुति देखेर शिक्षकहरू पनि हर्षित भएको विद्यालयले जनाएको छ। विद्यालयले विद्यार्थीको सर्वांगीण विकासका लागि विभिन्न अवसरमा यस्ता गतिविधि गर्दै आइरहेको प्राचार्य पौडेलले उल्लेख गर्नुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3