सरस्वती निकेतनको राष्ट्रिय सेवा दल (एनसिसि ) सिनियर डिभिजन तालिम सुरु

arthik side 2

गैंडाकोट । सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय गैंडाकोटले राष्ट्रिय सेवा दल (एनसिसि ) को सिनियर डिभिजन तालिम शुक्रबार देखि सुरु गरेको छ ।

विद्यालय परिसरमै एक औपचारिक कार्यक्रमको आयोजना गर्दै “सिनियर डिभिजन तालिम एवं प्रथम प्रवचन २०८२“ कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सिनियर एनसीसीका लागि छनोट भएका ३० जना विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Article Inline 2

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यार्थीहरू अध्ययनसँगै अन्य गतिविधिमा संलग्न हुनु राष्ट्रप्रतिको प्रेमभाव जगाउने र उनीहरूलाई सक्षम नागरिक बनाउन मद्दत पुग्ने धारणा राख्नुभयो। श्री नं २ वन तथा पर्यावरण गण सेनानी विशन गुरुङले विद्यार्थीलाई राष्ट्रप्रतिको माया, कर्तव्य र अधिकारप्रति सचेत बनाउन यस्ता तालिमहरू विभिन्न विद्यालय र जिल्लामा सञ्चालन भइरहेका बताउनुभएको थियो ।

विद्यालयका प्रिन्सिपल भरतबाबु कँडेलले विद्यार्थीले यस तालिममा सहभागिता जनाउन पाउनु विद्यालयकै लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई आत्मविश्वासी, सक्षम र अग्रणी बनाउन विद्यालयले निरन्तर सकारात्मक वातावरण तयार गरिरहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी शिक्षक–अभिभावक संघका अध्यक्ष कमलापति शर्माले विद्यार्थीले यो अवसरलाई सदुपयोग गरी आफ्नो प्रतिभा जागृत गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रशिक्षक खड्क बहादुर गोतामे, सन्तोष रेग्मी, नगर शिक्षा अधिकारी रामप्रसाद अधिकारी, विभिन्न वडाका वडाध्यक्ष, विद्यालय सञ्चालक समिति अध्यक्ष चोक्षादेवी कडेल लगायतको उपस्थिति रहेको थियो। विद्यालयमै सिनियर एनसीसी तालिममा छनोट हुन पाएका विद्यार्थीहरू उत्साहित र खुसी देखिन्थे।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :