वे ग्रुप नेपाल नवलपुरको तीज गीत प्रतियोगितामा कन्टिनेन्टल स्कुल प्रथम

arthik side 1

गैंडाकोट । वे ग्रुप नेपाल नवलपुरद्धारा आयोजित तीज गीत प्रतियोगितामा कन्टिनेन्टल इङलिस बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा गैंडाकोट १ को प्रगती टोल महिला समुह दोस्रो, गैंडाकोट २ को मनकामना आमा समुह तेस्रो, गैंडाकोट २ को गैंडाकोट इङलिस स्कुल र गैंडाकोट १ को मिलन टोल महिला समुहले सान्त्वना स्थान हासिल गरेको छ ।

Article Inline 2

नारीहरूको महान पर्व हरितालिका तीज–२०८२ को अवसरमा आयोजित प्रतियोगितामा गैंडाकोट नगरपालिकाका २० महिला समूहहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको मूल्याड्ढन सरिता गुरुङ श्रेष्ठ, कमल बहादुर कुवर र लक्ष्मी शर्मा गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले महिलाहरूले तीज गीतमार्फत आफ्नो क्षमता प्रस्तुत गरेको र तीज केवल मनोरञ्जन मात्र नभई महिला सशक्तिकरणको पर्व पनि भएको बताउनुभयो । उहाँले महिला प्रकृति र संस्कृतिको जगेर्ना गर्ने एकमात्र सहनशील र शक्तिशाली रहेको बताउनुभयो ।

वे ग्रुप नेपाल नपलपुरका अध्यक्ष प्रकाश अधिकारी र उपाध्यक्ष भिमलाल कंडेलले तिजको शुभकामना दिदै तिजलाई विकृतिका रुपमा नलिई सभ्य र भव्य तरिकाले मौलिकता झल्काउने गरि मनाउन आग्रह गर्नुभयो । साथै वे ग्रुपले वातावरण सफा र व्यवस्थित राख्न काम गर्दै आएको बताउनुभयो ।

मुख्य प्रायोजक कनेक्ट अष्टे«लियन एजुकेशन चितवनका अध्यक्ष मेघनाथ कंडेलले वर्तमान समयमा तिजको मौलिकता हराउदै गएको कारण संस्कृति जोगाउने हाम्रा महिला दिदीबहिनीहरु नै रहेकाले तिजको परम्परागत संकृतिको जर्गेना गर्ने गरि मनाउन आग्राह गर्नुभयो ।

गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले तीजका गितहरुमार्फत जनचेतना जगाउदै महिला दिदीबहिनीहरुमा भएको हत्या हिंसा जस्ता घटनाको अन्त्य हुदै जाओस भन्दै शुभकामना मन्तव्य राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले मातृशक्तिको सम्मान तथा सदभाव व्यक्त गर्दै नारीहरुको महान चाड मौलिकरुपमा मनाउन आग्राह गर्दै शुभकामना मन्तव्य राख्नुभयो ।

गैंडाकोट–१ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, गैंडाकोट–२ का वडाध्यक्ष प्रकाश सापकोटा, र गैंडाकोट नगरपालिका भित्रका विभिन्न महिला समुहहरुको उपस्थिति रहेको थियो र कार्यक्रमको सहजिकरण ऋषिराम भण्डारीले गर्नुभएको थियो

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :