single head

रेडियो संकेतको बृहत खुला तीज गीत प्रतियोगितामा श्रीनगर महिला विकास समूह प्रथम

single post top 1

गैंडाकोट।  रेडियो संकेत ९३ मेगाहर्जको बृहत खुला तीज गीत प्रतियोगिता २०८२ मा श्रीनगर महिला विकास समूह, गैँडाकोट–२  प्रथम भएको छ ।

single p1

प्रतियोगितामा भानु आदर्श महिला कृषि समूह, कावासोती–३ दोस्रो तथा प्रगति टोल महिला विकास समूह, गैँडाकोट–१ तेस्रो भएका छन्। गैँडाकोट फन पार्कमा आइतबार सम्पन्न कार्यक्रममा विकास महिला समूह, गैँडाकोट–५ ले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो।

single p2

प्रतियोगितामा कुल १६ वटा महिला समूहहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको मूल्याङ्कन लोकदोहोरी गायक एवं राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, संगीतकार विशाल ढकाल, र लोकगीत सर्जक बिन खाती सम्मिलित निर्णायक मण्डलले गरेको थियो।

विजयी समूहहरूलाई क्रमशः रु १५,००० (प्रथम), रु १०,००० (दोस्रो), रु ५,००० (तेस्रो) र रु ३,००० (सान्त्वना) सहित प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पूर्व अध्यक्ष सडानन्द लामिछाने, स्टेशन म्यानेजर सुजन अधिकारी, गैँडाकोट–५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा तथा कार्यपालिका सदस्य शान्ति न्यौपानेले संयुक्त रूपमा गर्नुभएको थियो।

कार्यक्रममा यस वर्षदेखि सुरु गरिएको ‘आदर्श वर्ष सम्मान पुरस्कार’ अन्तर्गत गैँडाकोट–२ की श्रीमती लक्ष्मी घिमिरेलाई सम्मानित गरिएको छ। उनले IME Life Insurance मा नेपालभर उत्कृष्ट व्यवसाय गर्दै उदाहरणीय सफलता हासिल गरेकी थिइन्। घिमिरेलाई रेडियो संकेतका अध्यक्ष श्रेष्ठ र स्टेशन म्यानेजर अधिकारीले संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि गैँडाकोट नगरपालिकाकी उप–मेयर शान्ति कोइरालाले तीजको ऐतिहासिक पृष्ठभूमिमा प्रकाश पार्दै विगतमा महिलाहरूले निरङ्कुशता विरुद्ध गीतमार्फत आवाज उठाएको स्मरण गरिन्। पछिल्लो समय तीजले महिलाहरूको पीडा, भावना र सिर्जनशीलतालाई अभिव्यक्त गर्ने माध्यमको रूपमा भूमिका खेलेको उहाँले बताउनुभयो।

कार्यक्रममा वडा नम्बर–५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, कार्यपालिका सदस्य शान्ति न्यौपाने, तथा रेडियो संकेतका पूर्व अध्यक्ष सडानन्द लामिछानेलगायतले तीजको सांस्कृतिक, सामाजिक र सन्देशमूलक पक्षमाथि आफ्ना विचार व्यक्त गरेका थिए। रेडियो संकेतले तीज गीत प्रतियोगिता विगत सात वर्षदेखि निरन्तर आयोजना गर्दै आएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3