“लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ-प्रधानमन्त्री केपी शर्मा ओली

krishi top

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेले संसद्‍मा अवरोध गरिरहेको बताउनुभएको छ।  पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत :नेपालको निर्वाचन इतिहास’ पुस्तकको आइतबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

प्रतिनिधिसभाका बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै प्रधानमन्त्रीले संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो।

Article Inline 2

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिनुभयो।

“लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ। यस प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हाम्रो ध्येय सुशासन र समृद्धि हो। कोही पनि अराजक भएनन् भने सरकारले कानुन लगाइरहन पर्दैन। अराजकता देखिएमा त्यसलाई कानुनले आफ्नो बाटो लिनुपर्ने हुन्छ।’’

प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरूले सीमाभन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरूले गरेका टिप्पणीको प्रतिवाद गर्दै आफ्नो अनुभवमा त्यस्तो नभएको स्पष्ट गर्नुभयो।

उहाँले आफू विगतमा गृहमन्त्री र प्रधानमन्त्री हुँदा पनि स्वच्छ निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलगायत निकायलाई कुनै हस्तक्षेप नगरेको स्मरण गर्नुभयो।  गोपअ

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :