single head

गुरुङले छोडेर गएका काम हामी सबै मिलेर पूरा गर्नुपर्छ -नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा

single post top 1

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. पृथ्वीमान गुरुङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताउनुभएको छ। उहाँको नवौँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले गुरुङको निवासमा आज आयोजना गरेको श्रद्धाञ्जलि सभामा उहाँले गुरुङ निष्ठावान् नेता भएको बताउनुभयो।

single p1

गण्डकी प्रदेशका पूर्व प्रमुख एवं नेपाली कांग्रेस चितवनका पूर्व सभापति गुरुङमा क्रान्तिकारीपन रहेको भन्दै सभापति देउवाले गुरुङले छोडेर गएका काम सबै मिलेर पूरा गर्नुपर्ने बताउनुभयो।

single p2

उहाँले भन्नुभयो, “उहाँ मेरो पुरानो साथी हो। उहाँले छोडेर गएका काम हामी सबै मिलेर गर्नुपर्छ।” जिल्लामा गुरुङले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको सभापति देउवाको भनाइ थियो।

सो अवसरमा नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले राजनैतिक यात्रा सुरु गर्दै गर्दा विश्वेश्वरप्रसाद कोइरालाले गुरुङजस्ता युवा आफूहरुसँग भएको भन्दै तारिफ गरेको स्मरण गर्नुभयो। अबको निर्वाचनमा गठबन्धन नहुने भन्दै उहाँले सबै क्षेत्रमा कांग्रेसले जित हासिल गरेर गुरुङप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्नुपर्ने बताउनुभयो।

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले मृत्युपछि परिचय हुने गरेको भन्दै पृथ्वीमानको इतिहास लिपिबद्ध गराउन आग्रह गर्नुभयो।

कांग्रेस नेता मीन विश्वकर्माले गुरुङसँग कांग्रेसको निष्ठावान् चित्र र चरित्र रहेको बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक वर्ष आफूले सँगै काम गरेको स्मरण गर्दै गुरुङले आफूलाई नेता-कार्यकर्ताको शिर झुकाउन नपर्नेगरी काम गर्न सुझाव दिने गरेको बताउनुभयो।

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्व सभापति गुरुङको निधनपछि पार्टीले उहाँलाई योगदानको उच्च सम्मान व्यक्त गर्दै विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो। गुरुङको यही साउन १० गते निधन भएको थियो। रासस

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3