spot_img

Friday, June 26, 2026

नन्दन सामुदायिक वनले गर्यो वृक्षरोपण

गैडाकोट । नवलपरासी पूर्व गैडाकोटमा रहेको नन्दन सामुदायिक वनले वृक्षरोपण गरेको छ। वनले वनको क्षेत्रभित्र रहेका विभिन्न ठाउँहरूमा विभिन्न प्रजातिका करिब ३ सय वटा बिरुवा लगाएको छ ।

वनले कछुवाखोला हिलेघारीमा रहेको पोखरी नजिकै १ सय  वटा लप्सीका बिरुवा लगाएको छ। त्यस्तै जय श्री सामुदायिक वनको सिमाना, चियान डाँडाको नजिकै करिब १ सय वटा चिउरीको बिरुवा लगाएको छ भने ढवाहताल वरिपरि म्याग्नेस्टिकका ५० वटा बिरुवा र कागतीका ५० वटा बिरुवा लगाएको समूहको अध्यक्ष  हरिमाया अधिकारीले बताउनुभयो। तराई पहाड चुरे संरक्षणबाट बिरुवा ल्याएर वृक्षरोपण गरेको अध्यक्ष  अधिकारीले बताउनुभयो।

वनले यसअघि पनि ढबाहा क्षेत्र लगायतका वनको क्षेत्र भित्र विभिन्न जडीबुटी ,डाले घाँस लगायतका बिरुवा समेत लगाएको थियो। वृक्षरोपणमा नन्दन सामुदायिक वनका कार्यसमिति लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :