single head

गैंडाकोट आधारभूत अस्पताललाई भदौ देखि बीमाको सेवा सुचारु

single post top 1

गैँडाकोट । गैंडाकोट आधारभूत अस्पताललाई भदौ देखि सेवा सुचारु हुनेगरी बीमाको प्रथम बिन्दु तोकिएको छ । गैंडाकोट आधारभूत अस्पतालमा भदौ १ गतेदेखि बीमा सञ्चालन गर्ने गरी आज सम्झौता भएको हो।

single p1

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर रघुराज काफ्लेबीच गैडाकोट आधारभूत अस्पतालमा भदौ १ गतेदेखि बीमा सञ्चालन गर्ने गरी आज सम्झौता भएको जनाइएको छ । गैंडाकोट आधारभूत अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु तोकिएपछि नगरवासीलाई सहज हुने विश्वास गरिएको छ ।

single p2

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नगरवासीलाई सहज होस् भनेर आधारभूत स्वास्थ्य अस्पताललाई स्वास्थ्य बीमाको प्रथम बिन्दुका रुपमा तोकिएको बताउनुभएको छ । यस अघिदेखि नै नगरप्रमुख अधिकारीले गैंडाकोट आधारभूत अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु बनाउनका लागि विभिन्न पहल र काम गर्दै आउनुभएको थियो। आफूले पहल गरेको कामले पूर्णता पाउँदा खुसी लागेको उहाँले बताउनुभएको छ।स्वास्थ्य शिक्षा जस्ता संवेदनशील विषयमा नगरपालिका संवेदनशील भएर अझै नागरिकलाई सहज हुने किसिमले काम गर्ने पनि नगर प्रमुख अधिकारीले बताउनुभयो।

आइतबार मात्रै स्वास्थ्य मन्त्री प्रदिप पौडेल नवलपुर आएर गैडाकोट आधारभूत अस्पतालको अवलोकन र निरीक्षण गर्दै गर्दा गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भिडियो एक्सरे मेसिन लगायत अन्य कुराको माग पनि गर्नुभएको छ।

गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले अब नगरवासीले सहज रुपमा स्वास्थ्य सेवा पाउने बताउनुभएको छ। प्रमुख प्रशासकीय अधिकृत खनालले स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य र सुलभ हुनुपर्ने बताउदै  सम्झौताले स्थानीय अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सहकार्यलाई मजबुत बनाउँदै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ अनुसार भएको सहकार्यले स्थानीय नागरिकलाई समयमै निःशुल्क वा न्यून शुल्कमा उपचार पाउने सुनिश्चितता प्रदान गर्नेछ। गैँडाकोट अस्पतालले अब बीमित सेवाग्राहीलाई आवश्यक उपचार, औषधि, आकस्मिक सेवा र रेफरल सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सम्झौतामा स्वास्थ्य बीमा बोर्डका शाखा अधिकृत झलकराज जोशी र गैँडाकोट अस्पतालका प्रमुख बालकृष्ण पराजुलीले हस्ताक्षर गर्नुभयो ।

स्वास्थ्य बीमा बोर्डका अनुसार, सम्झौता २०८२ साल भाद्र १ गतेदेखि लागू हुनेछ र एक वर्षका लागि प्रभावकारी हुनेछ। आवश्यक परेमा यसलाई नवीकरण गर्ने व्यवस्था छ । सो कार्यक्रममा गैंडाकोट नगरपालिका नगर प्रमुख सचिवालयका स्वकीय सचिव रोशनभक्त अधिकारी, गैंडाकोट नगरपालिका जनस्वास्थ्य निरिक्षक माधव आचार्य लगायतको सहभागीता रहेको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3