single head

लायन्स क्लब अफ चितवन चौतारीले औषधिय प्रजातीका ५० बिरुवा रोप्यो

single post top 1

असार २८ , चितवन । लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा भरतपुर–२ क्षेत्रपुर स्थित तीन खोले गुम्बा परिसरमा औषधिय प्रजातिका ५० बिरुवा आज रोपिएको छ ।

single p1

बिगत ४ बर्ष देखि क्लबले गुम्वा परिसरमा नँया रोप्ने तथा रोपिएका विरुवाको गोडमेल गर्दै आईरहेको छ । आज अमला, असुरो, निम, अम्वा, दालचिनि,रुद्राक्ष लगायतका बिरुवा रोपिएको हो ।

single p2

बृक्षारोपण कार्यक्रमा लायन्स क्लब अन्र्तराष्ट्रिय ३२५ आरका निर्वतमान डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेले क्लवले बिगतमा पनि उत्कृष्ट कार्य गर्दै आईरहेको र आगामी दिनमा पनि यस्तै प्रभावकारी कार्यका लागि शुभ कामना प्रदान गर्नुभएको थियो । विश्वब्यापी तापमानमा बृद्धिका कारण बढिरहेका समस्या समाधानमा यस्ता कार्य सहयोगी हुने वहाँको भनाई थियो ।

विश्वब्यापी तापमानमा बृद्धिले चरम मौसमी घटनाहरू जस्तै बाढी, खडेरी र आँधीबेहरी बढिरहेका छन् । त्यसैगरी कृषिमा क्षति पु¥याएर खाद्य संकट निम्तिएको, जैविक विविधता समस्या आएको , मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको अवस्थामा लायन्स क्लब अन्र्तराष्ट्रियले बृक्षारोपण प्राथामिकतामा राख्दै आफुले गर्नुपर्ने मुख्य काममा राखेको छ ।

कार्यक्रममा डिष्ट्रिक प्रथम भाईस गर्भनर प्रभाकर पण्डित, द्धितिय भाईस गर्भनर दिपेन्द्र कुमार खतिवडा, सचिब डा. गंगा सापकोटा लगायत डिष्ट्रिकका सिनियर लायनहरुले बिरुवा रोप्नुभएको थियो ।

डा शुरेश प्रधान र डा उमानाथ अधिकारीले संयोजन गर्नुभएको बृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ चितवन चौतारी गार्गी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ स्पन्दन, लायन्स क्लब अफ उत्तर गंगा, लायन्स क्लब अफ चितवन ल्याण्डमार्क, लायन्स क्लब अफ चितवन शिशु आईभिएफ, लायन्स क्लब अफ चितवन निमार्णाको सहभागिता रहेको थियो ।

लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दिपक बस्नेतको सभापतित्वमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3