असार १३, काठमाडौँ। यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको नतिजा सार्वजनिक भएको हो । यो वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत बर्ष ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएकोमा यस पटक ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । गत बर्ष भन्दा उतिर्ण हुने नतिजा बढेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
साझ अबेर प्रकाशित नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३८५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
सवैभन्दा बढी गणित शिक्षमा ननग्रेड भएका छन । गणित विषयमा मात्रै एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका छन् ।त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएका छन् । नन ग्रेडड विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने ब्यवस्था गरिएको बोर्डले जनाएको छ ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ । यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।
नतिजा यसरि हेर्न सकिने छ।