spot_img

Thursday, June 12, 2025

चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको तयारी पुरा

जेठ २३,भरतपुर । शनिबारदेखि सुरु हुने चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको तयारी पुरा भएको छ । आयोजक भरतपुर २४ गोल्डकप उपभोक्ता समितिले आज (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रतियोगिताको शनिबार प्रदेश सभा सदस्य ठाकुर ढकालले उद्घाटन गर्ने आयोजक भरतपुर २४ गोल्डकप उपभोक्ता समितिका अध्यक्ष रमेश पुरीले जानकारी दिए । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार भरतपुर २४ खेलकुद बिकास समिति र हानामी भरतपुर फुटबल क्लब बिएफसी भिड्नेछन् ।

प्रतियोगितामा भरतपुर २४ र बिएफसीसँगै प्याराडाइज युवा क्लब सिसुवार र रामपुर फुटबल क्लब समूह ए मा रहेका छन् । यस्तै अर्को समूहमा स्टार स्पोर्टस क्लब माडी, जनशक्ति युवा क्लब नवलपरासी, सूर्यपुर फुटबल क्लब र मकवानपुर ११ रहेका छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् । प्लेयर अफ दि म्याचले तीन तथा विधागत उत्कृष्ट खेलाडीले जनही ७ हजार ५ सय प्राप्त गर्नेछन् । पेन्गुईन एजुकेसन कन्सल्टेन्सी प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

पत्रकार सम्मेलनमा भरतपुर २४ का वडाध्यक्ष राम गोदार प्रतियोगिताका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा बजेट नै विनियोजन गरेको बताए । सोही अनुसार प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो । वडाले खेल क्षेत्रको बिकासका लागि यस किसिमका प्रतियोगिताका साथै खेलाडीहरुलाई तालिम दिईरहेको बताए । ग्रास रुट फुटबल बिकासका लागि पनि वडाले विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।  

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार