single head

बाग्लुङ गैंडाकोट सम्पर्क समाजले क्यान्सर पीडितलाई सहयोग गर्यो

single post top 1

जेठ २०,गैंडाकोट। बाग्लुङ गैंडाकोट सम्पर्क समाजले क्यान्सर पीडितलाई सहयोग गरेको छ । मंगलबार गैँडाकोट नगरपालिका वार्ड नं ४ निवासी क्यान्सर पीडित सरस्वती सापकोटालाई घरमै पुगेर समाजले नगद  ६२ हजार ५ सय ४० रुपैया सहयोग गरेको समाजका अध्यक्ष कुलप्रसाद गौतमले जानकारी दिनुभयो ।

single p1

क्यान्सर पीडित सापकोटाको आर्थिक अवस्था निकै कमजोर भएकोले औषधि उपचारमा सहयोग होला भन्ने उद्देश्यले सहयोग गरेको गौतमले बताउनुभयो । क्यान्सरको उपचार महँगो हुने भएकोले आगामी दिनमा पनि सहयोगी हातहरूबाट आर्थिक सहयोग गर्ने समाजले जनाएको छ ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3