single head

प्रथम गण्डकी लोकतारा प्रतियोगिताको लागि नवलपुर बाट एजिकल परियार र कोपिला गुरुङ छनौट

single post top 1

नवलपुर (नबिन सुबेदी) । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुर शाखाले प्रथम गण्डकी लोकतारा प्रतियोगिताका लागि लोकतारा छनौट कार्यक्रम सम्पन्न गरेको छ ।
नवलपुर प्रतिष्ठानको सांस्कृतिक संग्रहालय निर्माण स्थल नजिकै शनिवार सम्पन्न कार्यक्रमबाट दुई जना प्रतिस्पर्धी छनौट हुनुभएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिको आयोजनामा पोखरामा हुने प्रथम गण्डकी लोकताराको लागि नवलपुर बाट १२ जना प्रतिस्पर्धीहरूले भाग लिनुभएको थियो । सम्पूर्ण प्रतिस्पर्धीहरूको प्रतिभा निकै उत्कृष्ट रहेता पनि प्रथम गण्डकी लोकतारामा मात्र दुईजना पठाउनुपर्ने भएकोले कडा प्रतिस्पर्धाका बीच एजिकल परियार र कोपिला गुरुङ छनौट हुनुभएको छ।

single p1

छनौट हुनुभएका दुईजनाले प्रथम गण्डकी लोकतारा प्रतियोगितामा नवलपुरको प्रतिनिधित्व गर्दै भाग लिनुहुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुर शाखाका अध्यक्ष बुद्धिनाथ घिमिरेले जानकारि दिनुभयो ।
अध्यक्ष घिमिरेले लोकगीत र दोहोरी हाम्रो समाजको ऐना हो,यी गीतहरूमा हाम्रो दुःख, खुसी, माया, रीतिरिवाज, इतिहास सबै बोल्छ, आजको पुस्ताले यसलाई सम्मानपूर्वक अगाडि बढाउन अत्यन्त आवश्यक रहेको बताउनु भयो ।
हाम्रो तर्फबाट जिल्लाको उत्कृष्ट नै भनेर हामीले छान्ने हो त्यसकारणले गर्दा अन्य प्रतियोगी साथीहरु तल पर्यो भनेर नसोच्न अध्यक्ष घिमिरेले आग्रह गर्नुभयो ।

single p2

लोकतारा छनौट कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, संस्थापक महासचिव तेजबहादुर केसी र गण्डकी प्रदेश सदस्य सपना परियार निर्णायक समितिमा रहनुभएको थियो ।
प्रथम गण्डकी लोकतारा प्रतियोगी छनोट कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष यमबहादुर थापा मगरले प्रतिष्ठानले हाम्रो समुदायमा लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउने, उनीहरूलाई आत्मविश्वास दिलाउने र हाम्रो मौलिक लोकसंस्कृति जगेर्ना गर्ने काम गरिरहेको छ कावासोती–६ वडा कार्यालय सधैं यस्ता सांस्कृतिक प्रयासमा साथ दिन तयार रहेको बताउनु भयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङले हामीले केवल प्रतियोगीहरूबीच प्रतिस्पर्धा मात्र गराइरहेका छैनौँ, हामी संस्कृति जगेर्नाको एक अभियान पनि सञ्चालन गरिरहेका छौँ भन्नु भयो । हाम्रो मौलिक भाषा, भेषभूषा, गीत ,संगीत हाम्रो अस्तित्व हो, लोकगीतले हामीलाई हाम्रो माटो, हाम्रो पहिचानसँग जोडेर राखेको छ संस्थापक अध्यक्ष गुरुङले भन्नु भयो ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेशराज भट्टराईले प्रतिष्ठानले देशको मौलिक संस्कृति, लोक परम्परा र राष्ट्रिय पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले निरन्तर विभिन्न कार्यक्रमहरू गर्दै आएको छ र गण्डकी प्रदेशको सांगीतिक सम्भावनालाई उजागर गर्न ंगण्डकी लोकतारां छनोट कार्यक्रम एक महत्वपूर्ण पहल भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमितिका सदस्यहरू, पूर्व कार्यसमिति सदस्यहरु, लोकगीत प्रेमी ,समाजसेवी व्यक्तित्व, बुद्धिजीवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रतिष्ठान नवलपुरका उपाध्यक्ष राधा रानाभाटले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको सहजीकरण प्रतिष्ठान नवलपुरकी सह कोषाध्यक्ष दुर्गा भुषालले गर्नुभएको थियो ।

 

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3