single head

जेष्ठ नागरिकलाई स्वास्थ्य सचेतना सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम गैडाकोटमा सम्पन्न

single post top 1

जेठ ६ गैडाकोट । नवलपरासी पूर्व गैडाकोटमा एकदिने विषय विशेषज्ञ डाक्टरद्वारा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अबको आवश्यकता नसर्ने रोगमा योग एवं प्राकृतिक चिकित्सा विषयमा मंगलबार गैडाकोट ८ मा रहेको सापकोटा कुलमन्दिरको सभाहलमा जेष्ठ नागरिक संघ गैडाकोट नगर समितिको आयोजनामा गैडाकोट वार्ड नम्बर ८ भित्र रहेका जेष्ठ नागरिकको लागि लक्षित गरी एक दिने विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य सचेतना मूलक अन्तरक्रिया कार्यक्रम भएको हो ।

single p1

प्राकृतिक चिकित्सालय रजहरबाट डाक्टर आजित शाह र फिजियोथेरापी (पुरुष उपचारक) प्रकाश भण्डारीले योग र प्राकृतिक उपचारको पद्धतिबाट कसरी स्वस्थ हुन सकिन्छ ? खानपिन परिवर्तन कसरी गर्ने ? कस्तो किसिमको खाना खान उपयुक्त हुन्छ ? दैनिक जीवनमा के के गरियो भने हामि स्वस्थ हुन सकिन्छ भन्ने विषयमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सचेतना सम्बन्धी जानकारी गराउनुभएको थियो ।

single p2


कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वार्ड नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले जीवनयापन गरिसकेपछि उमेरको हदले ६० नाघेपछि हामी अलिकति भएपनि फुर्सदिलो हुन्छौँ तेसैले बढि समय निकालेर हामि हाम्रो स्वास्थ्यको बारेमा सोच्नु पर्ने बताउनु भयो । हाम्रो वडामा जति पनि जेष्ठ नागरिक बुवाआमा हुनुहुन्छ, सबैभन्दा पहिला तपाईँहरूको जीवन खुसीमय हुनुपर्छ ,खुसीका साथ बाँच्नुपर्छ । तपाईं यस्तै कार्यक्रममा आउने, मन्दिरमा हुने कार्यक्रममा जाने ,आफूलाई जहाँ रमाइलो हुन्छ त्यहा रमाउने हो तब हामी प्रकृतिसँग रमाएका छौँ भन्ने महसुस हुने बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक सङ्घ महासङ्घ प्रतिनिधि तथा गैडाकोट नगर समिति अध्यक्ष मुक्तिराम न्यौपानेले नगर सङ्घले आजसम्म आठवटा वडामा यस्तै कार्यक्रम गर्दै आएको र अबका दिनमा १८ वटै वडामा पुग्ने लक्ष्य रहेको बताउनुभयो । भगवान भनेको हाम्रो साक्षात मातापिता हुन् ,जेष्ठ नागरिक हुन् साक्षात वेदका ज्ञाता हुन् । गुरु एउटा विश्वविद्यालय हो भने जेष्ठ नागरिकहरु शब्दकोष हुन् उहाँहरूसँग धेरै ज्ञान छ । युवाहरुले धेरै ज्ञान प्राप्त गर्न सिक्नुपर्र्छ किनकि उहाँहरु धेरै कुरा पढेर ,भोगेर आउनुभएको छ अध्यक्ष न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा क्याप्टेन पण्डित डाक्टर नारायणप्रसाद गौतमले हामीले संस्कार सिक्ने हो भने तलबाट सिक्दै जाने हो, यो ब्रह्माण्ड जेले बनेको छ, यो पिण्ड भनेको हाम्रो मानव शरीर हो, यो मानव शरीर पनि त्यही तत्वले बनेको छ ,त्यो भनेको पाँच तत्वहरु माटो ,जल ,तेज ,वायु ,आकाश हो, यिनै तत्वले ब्रह्माण्डको निर्माण भएको बताउनुभयो । यो मानव पिण्डले के चाहन्छ यिनै चिजलाई माया गर,यिनको साथमा कसरी खेल्ने, बस्ने भन्ने कुरायो प्राकृतिक चिकित्साले सिकाउँछ, जसमध्ये यहाँ हाम्रो वरिपरि वनस्पति देखिरहेका छौ यि सबैमा औषधीय गुण छ डाक्टर गौतमले भन्नुभयो ।

स्वास्थ्य सचेतना कार्यक्रममा करिब ८० जना जेष्ठ नागरिकको उपस्थिती रहेको थियो । कार्यक्रममा ९० वर्ष उमेर काटेका जेष्ठ नागरिकहरू मध्येबाट ९८ वर्षका ललितबिर हमाल र ९६ वर्षका पशुपति सापकोटालाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा गैंडाकोट नगरपालिका बालबालिका शाखा अधिकृत राधा पौडेल , मधुमाया रानाभाट ,वडा जनप्रतिनिधि खगेश्वर सापकोटा , कमला आचार्य ,सुशिला परियार ,तर्कबहादुर थापा, समाजसेवी व्यक्तित्व शालिग्राम सापकोटा ,सापकोटा कुल मन्दिर अध्यक्ष शक्ति प्रसाद सापकोटा, वडा सचिव रमेश आचार्य लगायतको उपस्थिती रहेको थियो ।
जोतिष हरिप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक सङ्घ नगर समिति सदस्य फुलमाया पराजोलीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण जेष्ठ नागरिक सङ्घ गैडाकोट वार्ड नं ८ का सचिव नरजंग रानाले गर्नुभएको थियो ।

 

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3