spot_img

Monday, May 19, 2025

सातौ उपमेयर कपमा अमर ईङ्गिलस स्कुल, कालिका नमुना माबि, नेराश माबि र अमरज्योति माबि बिजयी

जेठ ५, गैडाकोट (नबिन सुबेदी)। नवलपरासि पुर्व गैडाकोटमा जारि सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा सोमवार चार खेल सम्पन्न भएको छ ।
गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिकोे आयोजनामा गैडाकोट नगरपालिका वडा नं ११ भेडावारि खेलमैदानमा भएको खेलमा अमर ईङ्गिलस स्कुल, कालिका नमुना माबि, नेराश माबि र अमरज्योति माबि बिजयी भएका छन् ।
पहिलो खेलमा अमर ईङ्गिलस स्कुल बिजयी भएको हो । अमर ईङ्गिलस स्कुलले ज्ञानकुञ्ज ईङ्गिलस स्कुललाई पेनाल्टि सुट आउटमा १ का बिरुद्ध २ गोल गदै बिजयी भएको हो । खेलको प्लेयर अफ द म्याच गोलरक्षक आयुषमा आचार्य भएकी छन् ।
तेस्तै दोस्रो खेलमा कालिका नमुना माध्यमिक बिद्यालय बिजयी भएको छ । कालिका नमुना माध्यमिक बिद्यालयले कन्टीनेन्टल बोडिङ्ग स्कुललाई पेनाल्टि सुट आउटमा १ का बिरुद्ध ३ गोल गदै बिजयी भएको हो । खेलको प्लेयर अफ द म्याच प्रसिद्धि परियार भएकी छन् ।


यस्तै तेस्रो खेलमा नेपाल राष्ट्रीय शम्शेर माबिले जित निकालेको छ । नेपाल राष्ट्रीय शम्शेर माबि र सुर्योदय बिद्या मन्दिर बिचको खेलमा निर्धारित समयमा कुनै पनि समुहले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको हो । ट्राईबेकरमा नेपाल राष्ट्रीय शम्शेर माबिले सुर्योदय बिद्या मन्दिरलाई ३ का बिरुद्ध ५ गोल गदै बिजयी भएको हो । खेलको प्लेयर अफ द म्याच आयुष्मा बोटे भएकी छन् ।
तेस्तै चौथो खेलमा अमरज्योति माध्यमिक बिद्यालय बिजयी भएको हो । अमरज्योति माध्यमिक बिद्यालयले नारायणी आधारभुत बिद्यालयलाई ० का बिरुद्ध ६ गोल गदै बिजयी भएको हो । अमरज्योति माबिको तर्फबाट एञ्जिला भुसाल र रेनु शर्माले ३÷३ गोल गरेका हुन । खेलको प्लेयर अफ द म्याच एञ्जिला भुसाल भएको नगर खेलकुद विकास समितिका सदस्य एवं प्रतियोगिताको संयोजक डिलकुमारि घिमिरेले जानकारी दिनुभयो ।
यसै बिच भोली मंगलवार पहिलो खेल बिजय सामुदायिक शिक्षा सदन र नेपाल राष्ट्रीय शम्शेर माबि बिच,दोस्रो खेल अमर ईङ्गिलस स्कुल र बालज्योति आधारभुत बिद्यालय बिच तेस्रो खेल कालिका नमुना माध्यमिक बिद्यालय र रत्नराज्य लक्ष्मी माबि बिच र चौथो खेल अमरज्योति माध्यमिक बिद्यालय र स्मल हार्ट एकेडमि बीच प्रतिष्पर्धा हुने एम्पायर प्रशान्त रेग्मीले बताउनु भयो ।

प्रतियोगितामा उपाधि विजेताले नगद ५१ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने २ वटा टिमलाई नगद १७÷१७ हजार रुपैँया प्रदान गरिने छ । त्यस्तै बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर,बेष्ट डिफेन्स,बेष्ट प्लेयर, बेष्ट स्ट्राइकर ,सर्बाधिक गोल कर्ता र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा गैडाकोटमा रहेका सामुदायिक र संस्थागत गरि १९ वटा विद्यालयहरुले भाग लिएका छन । जेष्ठ ३ गते देखि ७ गतेसम्म संचालन हुने प्रतियोगितामा ४ लाख पचास हजार खर्च हुने अनुमान आयोजकको रहेको छ ।

गैडाकोट १० मा रहेको सुनगाभा युवा क्लब सह–आयोजक भएको प्रतियोगितामा सहभागि प्रत्येक खेलाडिलाई रु एक लाख बराबरको बिमा समेत गरिएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार