spot_img

Tuesday, May 20, 2025

नगर स्तरीय निबन्ध लेखन प्रतियोगितामा सरस्वती निकेतन प्रथम/ नारायणी मावि द्वितीय

जेठ २ ,गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोटमा  नगर स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ

शुक्रबार गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा  प्रतिष्ठानको सभाहलमा  गैंडाकोट नगरपालिकाभित्र रहेका मावि तह (कक्षा ९ र १०) मा अध्ययनरत विद्यार्थी लक्षित “परिवार प्रति मेरो दायित्व” विषयक निबन्ध लेखन प्रतियोगिता  भएको हो  ।

प्रतियोगितामा सरस्वती निकेतन आमावि प्रथम, नारायणी मावि द्वितीय र रत्नराज्यलक्ष्मी माविले तृतीय स्थान हासिल गरेका छन् । विजयी छात्रछात्रामध्ये प्रथम हुने सरस्वती निकेतनका छात्रा सर्वना पाठक लाई रू६०००, द्वितीय हुने नारायणी माविका छात्रा नम्रता आलेलाई ४ हजार र तृतीय हुने रत्नराज्यलक्ष्मी माविका छात्रा प्रशंसा पौडेललाई २ हजार प्रदान गरिएको प्रतिष्ठानका सदस्य गोविन्दराज कोइरालाले जानकारी दिनुभयो ।

कार्यक्रमका निर्णायक संयोजकमा डा. मतिप्रसाद ढकाल र सदस्यहरूमा प्रतिष्ठानका सदस्य एवम् कार्यक्रम संयोजक रामहरि शर्मा सराह र नगर शिक्षा शाखाका अधिकृत रामप्रसाद अधिकारी रहनुभएको थियोे ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार