single head

जेष्ठ नागरिक संघ गैडाकोट ८ वडा समितिले जेष्ठ नागरिकका लागि झुल बितरण गर्यो

single post top 1

जेठ १, गैडाकोट (नबिन सुबेदि) । नवलपरासी पूर्व जेष्ठ नागरिक संघ गैडाकोट वडा नम्बर ८ वडा समितिले जेष्ठ नागरिकका लागि झुल बितरण गरेको छ ।
गर्मि याम लागे सँगै लामखुट्टे धेरे लाग्ने भएकोले लामखुट्टे लगायत अन्य बिभिन्न किराहरुको टोकाई बाट बच्नका लागि जेष्ठ नागरिकलाई झुल बितरण गरिएको छ ।

single p1

जेष्ठ नागरिक संघ गैडाकोट वडा नम्बर ८ वडा समितिले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरी वडाका रहेका ७० वर्ष भन्दा माथिका २०० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

single p2

कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिका वडा नम्बर ८का वडाध्यक्ष प्रेम सापकोटाले जेष्ठ नागरिकहरूको स्वास्थ्य जाँच वडाले ३/३ महिनामा गरिरहेको छ र वडावासीहरूलाई आपतविपत पर्दा घरमै गएर पनि सेवा दिने घुम्ती सेवा पनि वडाले गरिरहेकोे बताउनुभयो ।

हाम्रो गैंडाकोट धार्मिक मठमन्दिरले भरिएको ठाउँ हो , वडाको चाहना हाम्रो गैंडाकोट नगर भित्र रहेका सम्पूर्ण मठ, मन्दिरमा जेष्ठ नागरिकहरूलाई एक दिने भ्रमण गराउने योजना रहेको सापकोटाले बताउनुभयो ।  सबैभन्दा वाड खुसी हुनु भनेको हाम्रो अभिभावक खुसी हुनु हो, जब तपाईहरु खुसी हुनुहुन्छ तब वार्ड खुसी हुन्छ ,जब तपाईं खुसी हुनुहुन्छ ,त्यसपछि राम्रो संस्कार हामी सिक्छौ ,तपाईहरुले संस्कार सिकाएर हामीलाई यहाँ पुर्याउनु भयो त्यसको लागि धन्यवाद दिन चाहन्छु उहाँले भन्नुभयो ।

 

 

जेष्ठ नागरिक सङ्घ गैंडाकोट नगर समितिका अध्यक्ष मुक्तिराम न्यौपानेले जेष्ठ नागरिकको सम्मान सभ्यताको पहिचान भएकोले यो ठूलो सम्मान रहेको बताउनु भयो । झुलले मात्र हाम्रो जीविकोपार्जन हुन्न तर वडाको आर्थिक सहयोगमा जेष्ठ नागरिक सङ्घ गैंडाकोट वार्ड नं ८ वडा समितिले जुन कार्यक्रम गर्यो यो साह्रै सराहनीय छ यो भन्दा ठूलो सम्मान अरु केही हुँदैन अध्यक्ष न्यौपानेले भन्नुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक सङ्घ गैडाकोट वडा नम्बर ८ वडा समिति अध्यक्ष हरि प्रसाद सापकोटाले वडाले जेष्ठ नागरिकको हक हितमा लागिरहेको छ त्यस्को लागि वडालाई धन्यबाद दिनुभयो ।  राष्ट्रका धरोहर नै जेष्ठ नागरिक भएकाले सबैले सम्मान गर्नु पर्ने र आगामी दिनमा पनि वडाले जेष्ठ नागरिकका लागि यस्तै  विभिन्न कार्यक्रमहरु ल्याउन अध्यक्ष सापकोटाले आग्रह गर्नुभयो ।


वडाको वार्षिक कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई सम्मानस्वरूप झुल वितरण गरिएको वडा कार्यालयका सचिव रमेश आचार्यले बताउनु भयो ।

कार्यक्रममा जनप्रतिनिधि खगेश्वर सापकोटा ,कमला आचार्य, तर्कबहादुर थापा ,नगर सल्लाहकार घनश्याम कडेल,महिला बालबालिका शाखा गैडाकोटकी सीता लामिछाने लगायत बुद्धिजीवी, समाजसेवी व्यक्तित्वहरूको उपस्थित रहेको थियो।
फुलुमाया पराजुलिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण जेष्ठ नागरिक संघ गैडाकोट वार्ड नं ८ वडा समिति सचिव नरजंग रानाले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3