spot_img

Friday, July 11, 2025

२५६९औँ बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल द्धारा शुभकामना सन्देश व्यक्त

वैशाख २९ ,काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो भन्नुभएको छ ।

२५६९औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास लिएको बताउनु भएको छ ।

२५६९औं बुद्ध जयन्तीको शुभ अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार