spot_img

Sunday, April 19, 2026

सुनको मूल्य तोलामा रू. एक हजार ७०० ले घट्यो

वैशाख २, काठमाडौँ। आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार  केही ओरालो लागेको छ ।

गत आइतबार प्रतितोला रू एक लाख ८६ हजारमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा रू. एक हजार ७०० ले घटेर रू. एक लाख ८४ हजार ३०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै सोमबार चाँदी तोलामा रू. १५ घटेर रू. एक हजार ९४५ मा खरिदबिक्री हुनेछ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :