spot_img

Friday, April 18, 2025

सुनको मूल्य तोलामा रू. एक हजार ७०० ले घट्यो

वैशाख २, काठमाडौँ। आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार  केही ओरालो लागेको छ ।

गत आइतबार प्रतितोला रू एक लाख ८६ हजारमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा रू. एक हजार ७०० ले घटेर रू. एक लाख ८४ हजार ३०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै सोमबार चाँदी तोलामा रू. १५ घटेर रू. एक हजार ९४५ मा खरिदबिक्री हुनेछ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार