spot_img

Friday, April 18, 2025

डिष्ट्रिक्ट ३२५ आरको तेश्रो राष्ट्रिय अधिवेशन चितवनमा हुदै

२९  चैत्र, नारायणगढ(पूर्णप्रसाद शर्मा) । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरले आफ्नो तेश्रोे राष्ट्रिय अधिवेशन चैत्र ३० गते सौराहामा गर्ने भएको छ ।

महाधिवेशन सम्पन्न गर्न बिभिन्न २३ वटा उप समितिहरु क्रियाशिल छन । तेश्रोे राष्ट्रिय अधिवेशन मुल आयोजक समितिका संयोजक लायन योगेन्द्र नाथ अधिकारीका अनुसार सबै समिति तथा उप समितिहरुले आ–आफ्नो कार्यहरु सम्पादन गरीसकेको बताउनुभयो ।
संयोजक अधिकारीका अनुसार अधिवेशनको समुद्घाटन पुर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले गर्ने कार्यक्रम रहेकोछ । अधिवेशनमा जिएटी एरिया लिडर खगेन्द्र सिटौला, र एल.सि. आई. एफ  एरिया लिडर राजन  लम्साल लगायतको उपस्थित रहने छ ।
अधिवेशनले आगामी बर्षका लागि डिष्ट्रिक गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर, द्धितिय भाईस डिष्ट्रिक गर्भनरलाई निर्वाचित गर्नेछ । लायन अन्तराष्ट्रियको नियमावली अनुसार निर्वाचित गर्भनरको कार्यकाल १ बर्षको हुनेछ । कार्यकाल जुलाई १ गतेबाट कार्यकाल शुरु  जुन ३० सम्म हुनेछ । लायन्सका सबै डिष्ट्रिक तथा क्लबहरुले कार्यकाल सकिनुभन्दा करिब ३ महिना अगाडी नै अघिवेशन गर्ने प्रावधान छ । सोही अनुसार डिष्ट्रिक ३२५ आरको चैत्र ३० गते निर्वाचन हुन लागेको हो ।
लायन बर्ष २०२५/२०२६ को कार्यकालका लागि गर्भनर पदमा नवराज सापकोटा, प्रथम भाईस डिष्ट्रिक गर्भनर पदमा प्रभाकर पण्डित , द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा दिपेन्द्र प्रसाद खतिवडाको एकल उम्मेदवारी परेको छ । एकल उम्मेदवारी भए पनि मतदाताहरुले उम्मेदवार लाई सकारात्मक मत प्रदान गर्नु पर्ने हुन्छ ।

त्यसैगरी अन्तराष्ट्रिय निर्देशक पदका लागि पुर्व डिष्ट्रिक गर्भनर डि के ढुङ्गानालाई डिष्ट्रिक ३२५ आर बाट उम्मेदवारको रुपमा मतदाताहरुले ध्वनि मतले अनुमोदन गर्ने डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेले बताउनुभयो । नेपालबाट हरेक ३÷३ बर्षमा अन्तराष्ट्रिय निर्देशक छनोट हुने गर्दछन । सन् २०२६ मा हुने अन्तराष्ट्रिय निर्देशक पदमा डिष्ट्रिक ३२५ आरले डि के ढुङ्गानालाई उम्मेदवारका रुपमा अगाडी बढाउन लागेको हो ।

तेश्रो राष्ट्रिय महाअधिवेशनमा १४०० जनाको प्रत्यक्ष सहभागिता रहने डिष्ट्रिकका सचिब निरज श्रेष्ठले जानकारी दिनुभयो । डिष्ट्रिक ३२५ आरमा काठमाण्डौं र ललितपुरंका केहि क्षेत्र, चितवन र नवलपुर क्षेत्रका सबै लायन्स क्लबहरु समेटिएका छन । सन १९८२ मा स्थापना भएको लायन्स क्लब अफ नारायणगढ चितवनको पहिलो र नेपालको तेहै पुरानो लायन्स क्लब हो । डिष्ट्रिक ३२५ आरमा २०८० चैत्र १ गते सम्म १७० बटा क्लब र ४०५० जना लायनहरु सदस्य छन् ।

लायन्स क्बलको स्थापना सन १९१७ मा अमेरिकामा भएको थियो । नेपालमा भने १९७१ अगष्ट ९ मा स्थापना भएको लायन्स क्लब अफ बिराटनगर पहिलो लायन्स क्बल हो । हाल नेपालमा १५ बटा डिष्ट्रिक रहेका छन् । ति डिष्ट्रिकहरुमा करिब ४५,००० लायन सदस्यहरु रहेका छन् । संसारभरी १३ लाख ५० हजार भन्दा धेरै लायनका सदस्यहरु रहेका छन् । लायन्स अन्र्तराष्ट्रिय सन २०२७ सम्म १५ लाख सदस्यहरु पु¥याउने योजनामा छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार