single head

सिक्स्टी अर्थ आवर अभियान अन्तर्गत गैँडाकोट ६ को पारिजातपार्क देखि नारायणी पुलसम्म सहमति नेपालले गर्यो सरसफाई

single post top 1

 चैत ७ गैँडाकोट । पर्यावरण संरक्षणका लागि जनचेतना फैलाउन गैँडाकोटको सहमति संस्थाले नदी किनार सरसफाई गरेको छ । सरसफाई कार्यक्रममा सहमति, एसडिआरसी, सामुदायिक प्रहरी गैँडाकोट, लायन्स क्लब अफ गैँडाकोट, स्थानीय जनप्रतिनिधि लगायतका संघसंस्थाको सहभागिता रहेको थियो ।

single p1

सहमतिले सिक्स्टी अर्थ आवर अभियान अन्तर्गत बिहिबार विहान नारायणी पुलदेखि गैँडाकोट ६ को पारिजातपार्क सम्म सफाई अभियान गरेको हो ।  सहमति संस्थाले केही समय यता नदी संरक्षण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । सहमतिले अहिलेसम्म एकसय भन्दा बढी नदी सरसफाईको अभियान गरिसकेको संस्थाका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो ।

single p2

यस अभियानले स्थानीय स्तरमा सचेतना निर्माणमा ठूलो सहयोग पुगेको अध्यक्ष सुवेदीले बताउनुभयो । संघसंस्था तथा स्थानीय स्तरबाट मात्र नभएर स्थानीय सरकारले नीति तथा योजना निर्माणका सन्दर्भमा नै पर्यावरण संरक्षणका लागि दीगो फोहोर व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको समेत सहमतिका अध्यक्ष सुवेदीले बताउनुभयो ।

गैँडाकोट २ का वडा अध्यक्ष एवं वन वातावरण विपद् व्यवस्थापन समितिका संयोजक प्रकाश सापकोटाले गैँडाकोट नगरपालिकाले दीगो फोहोर व्यवस्थापनका लागि गैँडाकोट ७ मा फोहोर व्यवस्थापनकालागि काम भइरहेको बताउनुभयो ।

सरसफाई अभियानमा सहभागि एसडिआरसीका पूर्व अध्यक्ष गोविन्द सुवेदी र लायन्स क्लब अफ गैँडाकोटका अध्यक्ष यदुनाथ सापकोटाले दीगो फोहोर व्यवस्थापनका लािग वैज्ञानिक व्यवस्थापन पाटोमा सबै निकाय अघि बढ्न आवश्यक भएको बताउनुभयो ।

सहमती संस्थाले डब्लु डब्लु एफको सहकार्यमा २०२३ अप्रिलदेखि चितवनमा खगेरी जलाधार क्षेत्र र नवलपुरमा गुन्द्रही जलाधार क्षेत्रमा जलाधार व्यवस्थापन लगायतका कार्यहरु गर्दै आइरहेको छ । देवघाट क्षेत्र तथा नारायणी नदी किनारमा हुने फोहोरको व्यवस्थापन गर्ने उद्देश्य राखेको यस संस्थाले फोहोर व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।

यस्तै सहमती संस्थाद्वारा डब्लु डब्लु एफ नेपालको साझेदारीमा सञ्चालित प्रकृतिमा आधारित समाधान ट्रिपल बेनिफिट परियोजना मार्फत नदीसँगै हामी अभियान अन्तर्गत चितवन तथा पूर्वीनवलपुर क्षेत्रका विभिन्न प्रमुख नदी किनारहरुमा सचेतनामूलक कार्य गरिरहेको परियोजनाका संयोजक खेमराज खनालले बताउनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3