single head

आजको राशिफल (२०८१ फागुन १३ गते मङ्गलबार, फाल्गुन कृष्णपक्ष द्वादशी तिथि )

single post top 1

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय राम्रो छ। व्यापारबाट आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य लाभ हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

single p1

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) परिवारको रचनात्मक साथ प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। स्वदेशमा अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।

single p2

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तको विश्वास गर्नाले घाटा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीले दुःख दिनेछन्। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने जोखिम छ। काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय रमाइलो छ। शिक्षाको लगानीले उत्साह बढ्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुन्छ। समाजसेवाको अवसर मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दिन राम्रो छ। आफ्नो मेहनतको फल प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रशंसा हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने दिन छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुलाई सहयोग गर्दा छायामा परेको महसुस हुनेछ। जमिनको कारोबारबाट उत्साह बढ्नेछ। प्रतिस्पर्धी शान्त भएकाले अगाडि बढ्ने अवसर छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार देखिने छ। परिवारबाट रचनात्मक सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)समय राम्रो छ। धेरै अवसर एकसाथ प्राप्त हुने देखिन्छ। शेयरमा लगानी गरेको भए उत्साह बढ्नेछ। व्यापारमा फाइदा हुने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)सामाजिक कार्य सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ।  विद्यार्थीको पढाईमा ध्यान जान्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। स्वदेशी भन्दा विदेशमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। ठुला उद्योगको हात नलगाउनु राम्रो हुनेछ। परिवारको तर्फबाट भने सहयोग प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तपाईंको सानो गल्तीले अरुको मन दुख्नसक्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। झुक्याउने मान्छे सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुने योग छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3