मौलाकालिका समाज केन्द्र नेपालको अध्यक्ष पदमा गणेश अधिकारी नियुक्त

rasifal bottom

फागुन ११,गैंडाकोट । मौलाकालिका समाज केन्द्र नेपालको पन्ध्रौँ साधारण सभा तथा एघारौं अधिवेशन सम्पन्न भएको छ।

समाज केन्द्रकै सभाहल गैंडाकोट १ मा आइतबार संस्थाको ११ औँ अधिवेशनबाट गणेश अधिकारी  सर्वसम्मत अध्यक्ष पदमा नियुक्त भएका छन्। गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले अधिवेशन अगावै १५औं साधारण सभाको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अधिकारीले समुदायभित्र रहेका सामाजिक गतिविधिहरूलाई मौलाकालिका समाज केन्द्र नेपालले प्राथमिकता दिँदै कार्यहरू गरेकोमा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनहरूमा स्वास्थ्य र शिक्षाका कार्यक्रमहरू लिएर समुदायमा जान आग्रह गरे । कार्यक्रममा विशेष अतिथिका रूपमा सुरेन्द्र प्रसाद रेग्मी, प्रकाश सापकोटा रहेका थिए । हरिप्रसाद सापकोटा, श्रीप्रसाद सापकोटा,भारत बाबु कण्डेल, इन्द्रराज रेग्मी, सुरज पौडेल, बेदप्रसाद गौडेल, गोकुल सापकोटा, प्रेम सापकोटा लगायत अतिथिहरूको उपस्थिति उक्त सभामा रहेको थियो ।

Article Inline 2

पन्ध्रौँ साधारण सभा उद्घाटन लगत्तै एघारौँ अधिवेशनले गणेश अधिकारीको संयोजकत्वमा १० सदस्य कार्यसमिति समेत तयार गरेको हो। समितिमा उपाध्यक्ष नरेश आचार्य, सचिव रमेश ढकाल, कोषाध्यक्ष हरिप्रसाद सापकोटा, सहसचिव लक्ष्मण कण्डेल र सदस्यहरूमा पुरुषोत्तम गौडेल, जीवनबहादुर कुमाल, विश्वराज रेग्मी, देवी आचार्य, शरण ढकाल र प्रेम बिक रहेका छन् । गोविन्द रेग्मीको अध्यक्षता र सहसचिव रमेश ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई संस्थाका सचिव गणेश अधिकारीले सहजीकरण गरेका थिए।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :