गैंडाकोटका जनप्रतिनिधीहरु र कर्मचारीहरु विचको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा कर्मचारीहरुको समूह विजयी

photo feature

फागुन ७,गैंडाकोट।  ७५ औँ प्रजातन्त्र दिवशको अवसरमा नवलपुरको गैँडाकोटमा जनप्रतिनिधीहरु र कर्मचारीहरुका विचमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा कर्मचारीहरुको समूह विजयी भएको छ ।

Article Inline 2

गैंडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा गैँडाकोट नगरपालिकाका कर्मचारीहरु विजयी भएका हुन् । गैंडाकोट नगरपालिकाका कर्मचारीहरुको टोलिले नगरपालिकाका जनप्रतिनिधीलाई १ का विरुद्ध २ गोल गर्दै विजयी भएको हो  ।

निर्धारित ६० मिनेटको समयावधिको पहिलो हाफसम्म दुवै समूहबाट कुनै गोल हुन सकेको थिएन । दोस्रो हाफमा कर्मचारीहरुको तर्फबाट विजय गुरुङले गोल गर्दै अग्रता लिएका थिए । दोस्रो हाफको केहि मिनेटपछि कर्मचारीहरुकै तर्फबाट मुकुन्द कंडेलले अर्को गोल गर्दै आफ्नो टिमलाइ २ गोलको अग्रता दिलाए । दोस्रो हाफको अन्तिम समयमा जनप्रतिनिधीहरुको तर्फबाट दिनेश कुमालले कर्नर बाट सिधा गोलपोस्टमा प्रहार गर्दै गोल गरे पनि आफ्नो टिमलाई जित दिलाउन भने सकेनन   ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर जनप्रतिनिधीका धामनाथ सापकोटा र उत्कृष्ट खेलाडी कर्मचारीका विजय गुरुङ र उत्कृष्ट गोल कर्ता दिनेश कुमाल घोषित भए । विजयी खेलाडी तथा समूहलाई गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइरालाले पुरस्कार प्रदान गर्नुभयो ।

गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा रहेको गैंडाकोट खेलकुद समितिको प्रस्तावित क्षेत्रीय रंगशालामा  प्रतियोगिताको एक समारोहका विच गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन शत्रमा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, उपमेयर शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल,नेकपा एमालेका नगरअध्यक्ष कृष्ण कंडेल, रास्वपाका नगर सचिव अस्मिता घिमिरे, समाजसेवी गोकुल सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :