single head

फागुन ८ देखि १४ गतेसम्म वि.पी. स्मृती कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने

single post top 1

फागुन ६,गैंडाकोट।  फागुन ८ देखि १४ गतेसम्म वि.पी. स्मृती कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ।

single p1

नेपाली काँग्रेस गैंडाकोट नगर कार्यसमितिको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म वि.पी. स्मृती कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने वि.पी. स्मृती भवन गैंडाकोटमा मंगलबार भएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो  ।

single p2
रास्ट्रिय गरिमा र सामाजिक रुपान्तरणको लागि खेलकुद  “खेलकुद र युवा काँग्रेसको अभियान स्वास्थ्य समाज निर्माण र खेलाडीको सम्मान” भन्ने मूल नारा सहित फुटबल प्रतियोगिताको आयोजना गरिएको नेपाली काँग्रेस नगरसभापति बद्री सापकोटाले बताउनुभयो।

ग्रामीण स्तरका टिमहरुलाई राष्ट्रिय टिमको रुपमा विकास गरि आधार क्षेत्र फराकिलो पर्ने तथा  फिफा र एफसी संग सम्बन्धन प्राप्त एन्फाका बिभिन्न फुटबल खेलमा सहभागी गराई स्थानीय खेलाडीहरुको क्षमता विकास गर्ने नगरसभापति सापकोटाले बताउनु भयो उहाले  बेरोजगार, सक्षम यूवा खेलाडीहरुलाई लागुपदार्थ तथा दुर्व्यसनबाट बचाई खेल रोजगारीको प्रत्याभूति गर्ने र स्थानीय स्तरका महिला तथा युवाहरुलाई खेलकुद कार्यक्रमहरुमा सहभागी गराई सामाजिक तथा मानसिक विकासमा टेवा पुऱ्याउने बताउनु भयो

बालबालिकाहरुलाई कुलत र विसंगतीबाट जोगाई जुनसुकै खेलमा प्रवेश गर्न हौसला प्रदान गर्ने, खेलको माध्यमबाट आन्तरिक पर्यटन विकासका साथै समृद्ध गैंडाकोट निर्माणका लागि सहयोग पुर्याउने उहाले बताउनु भयो खेल खेलाडी संगसंगै प्रायोजकलाई पनि अगाडी राखी कम्पनिको व्यापार प्रवर्धन तथा ख्याती बढाउने मूख्य उद्देश्य रहेको सापकोटाले बताउनुभयो।

प्रतियोगितामा  नवलपुर जिल्लाका ८ वटै पालिकाबाट खेलाडी सहभागी  हुने र सम्पूर्ण खेलाडीहरू पालिका भित्रका नागरिक हुनुपर्ने सापकोटाले जानकारी दिनु भयो । नेपाली काँग्रेस गैँडाकोटले पहिलो पटक आयोजना गर्न लागेको रनिङ शिल्ड फुटबल प्रतियोगिताका लागि १२ लाख ३४ हजार ६ सय रुपैया खर्च हुने अनुमान गरिएको नगर सभापति  सापकोटाले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख रुयैयाँ नगद , शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धितीय हुने समूहलाई ५० हजार रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी सर्बोत्कृष्ट खेलाडीले १० हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्तालाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र साथै सर्वोत्कृष्ट गोल रक्षकलाई नगद रु ५०००।-, ट्रफी र प्रमाण पत्र, उत्कृष्ट डिफेन्सलाई नगद रु ५,०००।- समेतको व्यवस्था समेत रहेको छ। प्रत्येक दिनको खेलमा प्लेयर अफ दि म्याच घोषणा गरि नगद रु १,००० ट्रफी प्रदान गरिने  प्रतियोगिताका संयोजक रमेश तिवारीले बताउनुभयो ।

ट्रफीको अनावरण पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापती महेन्द्रध्वज जिसीले गर्नुभएको थियो।पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि जिल्ला सभापति  जिसीले युवाहरुलाई खेलप्रति प्रेरित गर्न र खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएकोले अबस्य नै सफल हुने भन्दै  सफलताको शुभकामना दिनुभयो  ।

गैँडाकोट नगरपालिका वडा नं. ३,४ र ८ मा पर्ने गैंडाकोट खेलकुद समितिको गैँडाकोट क्षेत्रीय रंगशालामा संघीय शासंद तथा विपी पुत्र डाक्टर शंशाकं कोइरालाले  प्रतियोगिताको उद्घाटन फागुन ८ गते विहान ११ वजे गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिताका कार्यक्रम संयोजक रमेश तिवारी, नेपाली काँग्रेस नवलपुर, प्रदेश १ (क) का सभापति गोपालप्रसाद सापकोटा,  नेपाली काँग्रेस नवलपुर जिल्ला सहसचिव राजेश पौडेल, गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटा, उपाक्ष्यक्ष लक्ष्मण कार्की लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नगरसमितिका सचिव गोविन्द घिमिरेले गर्नुभएको थियो ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3