पार्टी टुक्राउने र भत्काउने जस्ता कुरा यो सरकारको लक्ष्य नरहेको- प्रधानमन्त्री केपी शर्मा ओली

Article Inline top 1

माघ १८, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्राउने र भत्काउने जस्ता कुरा यो सरकारको लक्ष्य नरहेको स्पष्ट गर्नुभएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौं अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै काँग्रेस एमालेसहितको  बलियो सरकारको प्राथमिकता त्यस्तो हुन नसक्ने स्पष्ट गर्नुएको हो।

Article Inline 2

सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उहाँले भन्नुुभयो, “विपक्षमा रहेका साथीले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ, ‘सरकार ढल्छ।ढल्नै लाग्यो।पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन।यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं ।’’

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे जानकारी गराउनुभयो।

उहाँले भन्नुुभयो सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरूसँग छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी संविधान संशोधन विषयको पहिचान गरिनेछ”। प्रधानमन्त्री ओलीले भन्नुुभयो, “पहिचान गरिएका विषयमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दल र सरोकारवालासँग छलफल गरिनेछ । हामी स्पष्ट छौँ, पार्टीहरूका आ–आफ्नै धारणा र पोजिसन हुन सक्छन् । मिलेका कुरामा साझा धारणा बनाइनेछ, नमिलेका कुरामा बहस र छलफल गरिनेछ ।”

उहाँले संविधान संशोधन विधेयक ल्याउने काम सरकारको भएको र बहस/छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाई त्यसैका आधारमा संशोधन प्रस्ताव तयार पार्ने बताउनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :