spot_img

Saturday, June 13, 2026

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

माघ १३ काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ। आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने कांग्रेसले जनाएको छ।

माघ १८ गतेदेखि संसद् बैठक सुरु हुने भएकाले त्यसअघि आफ्नो धारण बनाउन कांग्रेसले बैठक बोलाएको हो। सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ।

आजको बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल  हुनेछ।

यसअघि माघ ३ गते कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो। देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :