चितवन महोत्सवमा थरीथरीका चिया निुःशल्क रुपमा चाख्न पाइने

माघ ९, चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा गत पुस २५ गतेदेखि उद्योग वाणिज्य सङ्घको आयोजनामा १५औँ संस्करणको चितवन महोत्सव जारी छ । यहाँ स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी व्यापारिक कक्ष (स्टल) रहेका छन् ।

त्यसमध्येको एक स्टल हिमालयन चियाको छ । उक्त स्टलमा हिमालयन चिया ब्राण्डका थरीथरीका चिया निुःशल्क रुपमा महोत्सव घुम्न आएकालाई चखाइएको छ । चिया चाख्नका लागि उक्त स्टलमा भीड नै लाग्ने गरेको छ ।

Article Inline 2

नेपाली चियाको प्रवर्द्धन एवं युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न उद्योग तथा वाणिज्य कार्यालय चितवनमार्फत हिमालयन चियालाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । हिमालय चियाका प्रबन्ध निर्देशक काजी पदमले अर्थोडक्स चिया र उच्च गुणस्तरको सिटीसी चिया चखाइराखिएको बताउनुभयो । चियाको महत्व र नेपालीले पनि उच्च गुणस्तरको चिया खान सक्छन् भनेर बुझाउने काम गरिएको उहाँले बताउनुभयो । इलामबाट चिया चितवन ल्याएर त्यसलाई प्रशोधन गरी विभिन्न प्रकारका चिया बनाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा उच्च गुणस्तरको चिया उत्पादन हुने गरेको र स्वदेशलाई पुगेर विदेशमा निर्यात गर्ने गरिएको भए पनि वार्षिक रु आठ करोडको चिया नेपालमा आयात हुने थाहा पाएपछि नेपालीलाई नेपालकै उच्च गुणस्तरीय चिया खुवाउनुपर्छ भन्ने धारणाले चियाको व्यवसाय सुरु गरेको उहाँ बताउनुहुन्छ ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवर्द्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुस २५ बाट सुरु भएको थियो भने यही माघ १० गतेसम्म सञ्चालन हुनेछ । रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :