माघ ८,भरतपुर । तेस्रो संस्करणको पीएफसी इमर्जिङ कप–२०८१ म पारिजात इंग्लिश बोर्डिङ स्कूल र अमर माध्यामिक विद्यालय सेमिफाएनलमा प्रवेश गरेका छन् ।
मंगलबार सम्पन्न खेलमा आदिकवि भानुभक्त माध्यमिक विद्यालयलाई ३–० को जित निकाल्दै पारिजात इंग्लिश बोर्डिङ स्कूल र नारायणी पब्लिक स्कुललाई २–० कोे जित निकाल्दै अमर माध्यामिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेका हुन् । परिजातको जितका लागि एन्जल ढकालले २ र विष्णु अधिकारीले १ गोल गरेका थिए । यता अमर माध्यामिक विद्यालय समीर मियाँ र पुकार महत्तोले १÷१ गोल गरेको कार्यक्रम संयोजक सुमन सापकोटाले जानकारी दिए । खेलको म्यान आफ द म्याच एन्जल ढकाल र समिर मियाँ भएका थिए ।
भोली बुधबार पहिलो खेल दिउँसो १ बजे अरूणोदय माध्यामिक विद्यालय र नारयाणी नमुना माध्यामिक विद्यालय विच हुनेछ भने दोस्रो खेल ३ बजे स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल र शोमेश्वर माध्यामिक विद्यालय विच दोस्रो खेल हुने सापकोटाले बताए ।
शिक्षासँग खेलकुद जोड्ने उद्देश्यका साथ नयाँ खेलाडीहरूको पहिचान गर्न पीएफसी इमर्जिङ कप आयोजना हुदैँ आएको छ। पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा यसपटक चितवनका १६ विद्यालयहरू सहभागी थिए । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गते सम्म हुने छ ।
प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री पाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।
पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ । यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिका इमर्जिङ कपका संस्करणहरू निकै उपलब्धिमूलक भएकाले यसको निरन्तरता गरिएको क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए । यो प्रतियोगिताको प्रवद्र्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन ।