तेस्रो सस्करणको मध्यविन्दु महोत्सव माघ ११ गते देखि माघ २१ गतेसम्म अरुणखोलामा हुने

taja samachar side 2

माघ ८,नवलपुर ।   मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो सस्करणको मध्यविन्दु महोत्सव माघ ११ गते देखि माघ २१ गतेसम्म अरुणखोलामा हुने भएको छ ।

मध्यविन्दु उद्योग वाणिज्य संघले मंगलबार उद्योग वाणिज्य संघको कार्यालयमा गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार मध्यविन्दु महोत्सव मध्यविन्द १० अरुणखोला नदि किनारमा हुने मध्यविन्दु उद्योग वाणिज्य संघका महासचिव विन्दु प्रसाद  काफ्लेले बताउनुभयो ।

Article Inline 2

कृषि, हस्तकला, व्यवसायिक, होटल लगायतका गरी २ सय स्टल रहने मध्यविन्दु महोत्सवमा आदिवासी जनजाती एवम विभिन्न जातिगत मौलिक झाकी ,कला ,सस्कृति, भेषभेषा प्रदशनी, मौलिक कौरा नाच प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, झाम्रे गित प्रतियोगिता, हुने आयोजकले जनाएको छ । त्यसैगरी तेस्रो मध्यविन्दु डान्स आईडल, विद्यालय स्तरिय विज्ञान प्रदशनि, वडा स्तरिय भलिबल प्रतियोगिता,  लगाएतका कार्यक्रमहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो  ।

 

पत्रकार सम्मेलनमा मध्यविन्दु उद्योग बाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठले आर्थिक, सामाजिक एवं पर्यटनको विकासमा सहयोगी रहने बताउनुभयो । महोत्सवलाई सफल बनाउन सबैको सहयोग गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरे । महोत्सवका लागि विभिन्न उप समिति समेत गठन गरिएको छ ।
महोत्सवको तयारी तिव्र पारिएको छ । पत्रकार सम्मेलनमा मध्यविन्दु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केदार पराजुली, उपाध्यक्ष चेतन पौडेल लगायतले बोल्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :