spot_img

Monday, January 20, 2025

अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प द्धारा पदभार ग्रहण

माघ ७ अमेरिका।  अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त हुनुभएको छ । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो । गत नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले करिब साढे दुई महिनापछि सोमवार पदभार ग्रहण गर्नुभएको हो । यो क्षणलाई ट्रम्पले ‘अमेरिकाको मुक्तिको दिन’ भन्नुभएको छ ।

७८ वर्षीय ट्रम्पको यो दोस्रो कार्यकाल हो । यस अघि उहाँ अमेरिकाको ४५ औँ राष्ट्रपति हुनुहुन्थ्यो । सत्ताच्युत भएको ठिक आठ वर्षपछि ट्रम्पको पुनरागमनलाई विश्वभरबाट बडो कौतुहलताका साथ हेरिएको छ भने अमेरिकामा वर्षौँदेखि गैर कानुनी तवरले लुकिछिपी रहेका आप्रवासीहरूको भने सातो गएको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेसँगै अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसबाट बिदाइ भएर जानुहुनेछ । बाहिरिनु भएको छ । बाइडेन र ट्रम्पबिच शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण प्रक्रिया सम्पन्न भएको छ ।

शपथ ग्रहण समारोहका कार्यक्रमहरू शनिवारदेखि नै सुरु भएको थियो र मङ्गलवार सम्पन्न हुनेछ । त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यकक्षमा राष्ट्रपतिको हैसियतले केही महत्त्वपूर्ण नियुक्ति, सीमा र अध्यागमनलाई सम्बोधन गर्न केही कार्यकारी आदेश र केही महत्त्वपूर्ण कागजातमा हस्ताक्षर हुने जनाइएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार