चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण हुने

Article Inline top 1

काठमाडौँ ।  नयाँ कथामा फिल्म ‘जनै हराएको बाहुन’ निर्माण हुने भएको छ। पेपरक्लिप प्रालिले फिल्म निर्माणको घोषणासँगै निर्देशक सार्वजनिक गरेको हो।

यो फिल्ममा निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन्। यस फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई समेट्ने छ।

Article Inline 2

निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार, यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक हिमाल न्यौपानेले यो चलचित्र आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताए। उनले यसअघि केही वृत्तचित्र र लघु चलचित्र निर्देशन गरिसकेका छन्। ‘जनै हराएको बाहुन’ भने उनको पहिलो व्यावसायिक चलचित्र हो।

चलचित्रका लागि कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :