single head

आजका लागि विदेशी मुद्राको विनिमय दर

single post top 1

 पुस २४,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ४५ पैसा कायम भएको छ ।

single p1

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपियाँ ६० पैसा, बिक्रीदर एक सय ७२ रुपियाँ ३६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ६४ पैसा कायम गरिएको छ ।

single p2

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ९१ पैसा र बिक्रीदर ८६ रुपियाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ६१ पैसा र बिक्रीदर ९६ रुपियाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपियाँ ५३ पैसा र बिक्रीदर १०० रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ६७ पैसा र बिक्रीदर आठ रुपियाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६८ पैसा र बिक्रीदर १८ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९७ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ५० पैसा र बिक्रीदर ३० रुपियाँ ६३ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ४२ पैसा र बिक्रीदर १२ रुपियाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ १० पैसा र बिक्रीदर १९ रुपियाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६० पैसा र बिक्रीदर १७ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपियाँ ९३ पैसा र बिक्रीदर चार सय ४५ रुपियाँ ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपियाँ ०३ पैसा र बिक्रीदर तीन सय ६४ रुपियाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५५ रुपियाँ ४६ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ०२ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ । रासस

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3