single head

गैँडाकोट हाफ म्याराथन २०८१ को तयारी पुरा

single post top 1

पुस ,१४ गैँडाकोट । गैँडाकोट हाफ म्याराथन २०८१ को तयारी पुरा भएको छ । विजय फाउण्डेसन नेपालको आयोजनामा यही पौष १५ गते अर्थात भोली हुने गैँडाकोट हाफ म्याराथनको तयारी पुरा भएको फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो ।

single p1

रुट निर्धारणसँगै सडकमा दिशा निर्देशको संकेत चिन्ह राख्ने कार्य सम्पन्न भएको छ । विजय सामुदायिक शिक्षा सदनबाट सुरु हुने दौड क्रमशः कालिका चोक, हरिहर चोक, जयश्री पुल, लड्डु चोक, जयश्री खोला, खलेचौर, पीपल चौतारी, ओमशान्ती, गँैडा चोक, राधाकृष्ण मन्दिर, पुलको मुखबाट हाइवे क्रस, शिलन्यास चोक, बैंकेटेश मन्दिर, मौलाकालिका फेदी, मिलन चोक, कालिगण्डकी करिडोर हुँदै इटाभट्टा, जयश्री खोला तर्दै तात्रीबास, लखन चोक, करङघारी, विजय आधारभूत विद्यालय, विजय चोक, राजमार्ग कटेर विजय एफएम हुँदै विजय सामुदायिक शिक्षा सदनसम्मको रुट निर्धारण गरिएको छ ।

single p2

रुट अन्तर्गत पर्ने टोलविकास संस्था, संघसंस्था तथा स्थानीयले खेलाडी पाहुनालाई स्वागत तथा बाटो सफा गरिदिनुका साथै रोडमा निर्माणका सामग्री हटाइदिन विजय फाउण्डेसनले आग्रह गरेको छ ।

त्यस्तै स्वयम्सेवकहरुलाई अभिमुखिकरण गरिएको छ । ५० बढी चोकमा प्रहरी, ट्राफिक प्रहरी, एनसीसीका स्वयम्सेवक खटाइने छ ।
दौडमा २१ किलोमिटर र विद्यार्थीतर्फको प्रतियोगितामा करिब ५ सय जना धावकहरुको उपस्थिति रहने विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभएको छ ।

गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन आयोजित गैँडाकोट हाफम्याराथन २०८१ मा प्रथम पुरस्कार रु १ लाख, द्वितीय पुरस्कार ५० हजार रुपैँया, तृतीय पुरस्कार २५ हजार र उत्कृष्ट ५ जनालाई प्रतिव्यक्ति रु ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरि महिलातर्फ प्रथम पुरस्कार रु २५ हजार, द्वितीय पुरस्कार १५हजार रुपैँया, तृतीय पुरस्कार १०हजार र पुरस्कार रहेको छ ।

यस्तै विद्यार्थी मैत्री दौड प्रतियोगिताको आयोजना गरिएको छ । गैँडाकोट नगरपालिका भित्रका ८ देखि १० कक्षासम्मका विद्यार्थीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । यस प्रतियोगितामा प्रथम पुरस्कार रु १० हजार, द्वितीय पुरस्कार रु ५ हजार र तृतीय पुरस्कार रु ३ हजार रहेको छ ।

गैँडाकोट नगरपालिका, विजय परिवार, लामिनार टायलको भरतपुरको होलसेलर कजरिया टायल सहयोगीका रुपमा रहेका छन् भने  बैकुण्ठ मानन्धर स्पोर्टस क्लबले प्राबिधिक सहयोग गर्नेछ । यसअघि २०८० सालमा पहिलो संस्करण सम्पन्न भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3