पुस ६ ,गैडाकोट । स्वास्थ्य व्यवसायी सङ्घ गैडाकोट नगर इकाईका निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण तथा पदस्थापन गरिएको छ ।
संस्थाको गत मङ्सिर २२ गते भएको साधारणसभा तथा नेतृत्व चयनबाट निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई गैंडाकोट फन पार्कको सभाहलमा शनिबार आयोजित एक कार्यक्रममा सपथ ग्रहण तथा पदस्थापन गरिएको हो ।
सस्था सात वर्ष सम्म नगरपालीका बाट दर्ता अभ्यास भए सँगै यहि आर्थिक बर्ष देखि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्त पूर्व) बाट बिधिबत रुपमा दर्ता भइ बिधान अनुसार संस्थाको बार्षिक साधारण सभा तथा नेतृत्व चयन बाट पदाधिकारी तथा सदस्यहरुका लागि निर्वाचन समितिले सबैको मनो भावना बुझेर , सबै संग आपसी छलफल गरेर सर्व सम्मत रुपमा टुंग्याएको हो । सस्थाको विधान अनुसार चार बर्षे कार्यकालका लागि निर्वाचन समितिले पाँच जना पदाधिकारी , लेखा समिति संयोजक सहित दुइ सदस्य र ८ कार्यसमिति सदस्यहरु चयन गरेको हो ।
स्वास्थ्य व्यवसायी सङ्घको चाहना स्वस्थ नगरवासी हाम्रो परिकल्पना भन्ने मुख्य नाराका साथ संघको नवनिर्वाचित समितिको अध्यक्षमा ईश्वरीप्रसाद घिमिरे ,उपाध्यक्षमा अनिता घिमिरे ,सचिवमा खुमनाथ शर्मा ,कोषाध्यक्षमा विनोद पौडेल ,सहसचिवमा प्रकाश श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै कार्यसमिति सदस्यमा गोपाल बहादुर शाही, रामचन्द्र आचार्य ,भागीरथी पोखरेल, सन्तोष ढकाल ,बाबुराम खनाल, भावना शर्मा ,शेरबहादुर मल्ल चयन हुनुभएको छ।
त्यस्तै लेखा समिति संयोजकमा बिमल पौडेल चयन हुनुभएको छ भने सदस्यमा लक्ष्मण सिन्जाली र विनयराज न्यौपाने चयन हुनुभएको हो। त्यस्तै संस्थाको कार्यदल संयोजकमा नारायण घिमिरे चयन हुनुभएको छ।
नवनिर्वाचित पदाधिकारी,सदस्य तथा लेखा समितिलाई निर्वाचन समितिको संयोजक एकनाथ मरासनी ले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।
पदाधिकारी तथा सदस्य चयन प्रक्रियाका लागि मरासनीको संयोजकत्वमा शारदा घिमिरे र विष्णुमाया दवाडी पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा समाजसेवी व्यक्तित्व अमृत भट्टचनले विगतमा संस्थाले गरेको योगदानको खुलेरै प्रशंसा गर्नुभयो। प्रमुख अतिथि भट्टचनले विपन्न र लक्षित कार्यक्रमहरू संस्थाले ल्याएकोमा संस्थाको प्रशंसा गर्दै स्वास्थ्य व्यवसायीको हक हितका लागि सहयोग गर्न आफू सधैं तत्पर रहेको बताउनुभयो।
त्यस्तै नवनिर्वाचित अध्यक्ष ईश्वरप्रसाद घिमिरेले कुनै प्रभावमा नपरेर व्यावसायको हक हितमा रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो अध्यक्ष घिमिरेले संस्थालाई आगामी दिनमा नमुना बनाएर अगाडि बढ्ने बताउनुभयो।
कार्यक्रममा समाजसेवी व्यक्तित्व गोविन्दप्रसाद घिमिरेले संस्थाले समाजप्रति राम्रो छाप छोडेको छ यसलाई अझ बचाइ राख्न आग्रह गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका नवनिर्वाचित उपाध्यक्ष अनिता घिमिरेले राख्नुभएको थियो ।
निर्वाचन समिति संयोजक एकनाथ मरासनीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका नवनिर्वाचित सचिव खुमनाथ पौडेलले गर्नुभएको थियो।
कमेन्ट :