विद्यार्थीलाई पुस्तक वितरण तथा दिप प्रज्वलन गरेर मुना बचतले मनायो नवौं वार्षिक उत्सव

kala sahitya side 2

मङ्सिर २५,गैंडाकोट । गैंडाकोटमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक उत्सवका अवसरमा विद्यार्थीलाई पुस्तक वितरण तथा दिप प्रज्वलन कार्यक्रम मङ्गलबार गैंडाकोटमा सम्पन्न गरेको छ।

गैंडाकोट ४ मा रहेको जनक प्राथमिक विद्यालय मा अध्ययनरत कम उमेरकी विद्यार्थी सायमी गुरुङ लाई प्रमुख अतिथि बनाउँदै विद्यालयमा अध्ययनरत झन्डै ३०० विद्यार्थीलाई विभिन्न विषयका पुस्तकहरू वितरण गरिएको कार्यक्रम संयोजक हरिप्रसाद गौतमले बताएका छन्।

Article Inline 2

कार्यक्रम लगत्तै कार्यालय परिसर अगाडि संस्थाले दीप प्रज्लन समेत गरेको छ। कार्यक्रममा टोलनाथ घिमिरे, ईश्वरीनाथ रिमाल, केशवप्रसाद सापकोटा, रविन्द्र राज घिमिरे लगायत अतिथिहरू रहेका थिए। कार्यक्रम मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मिलनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :