परियार सेवा समाज नवलपुर द्वारा आयोजित खुला रक्तदानमा ७५ युनिट रगत संकलन

banner 2

मङ्सिर ८ गैँडाकोट । परियार सेवा समाज नवलपुरद्वारा आयोजित खुला रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन  भएको छ ।

गैंडाकोटका मेयर मदनभक्त अधिकारीले ब्लड ब्याग रक्तदातालाई दिएसँगै सुरु भएको उक्त कार्यक्रममा नगर प्रमुख अधिकारीले आफ्नो मन्तव्य राख्दै स्थानीय संघ संस्थाले पछिल्लो समय रक्तदानमा देखाएको चासो निकै सराहनीय रहेको बताउँदै पालिकाभित्र कुनै पनि रक्तदान कार्यक्रम हरू आयोजना भएमा नगरले सक्दो सहयोग गर्ने बताएका छन् ।

Article Inline 2

उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति अमृत भट्टचन, सेवा समितिका केन्द्रीय सदस्यहरु रुपेशकुमार नेपाली, प्रेमबहादुर परियार विशेष अतिथि रहेको रक्तदान कार्यक्रममा समाजका प्रदेश सदस्य विकास परियार, गैंडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटा, वडा सदस्य साकिला परियार, रत्नप्रसाद सापकोटा, लगायत अतिथि रहेका थिए ।

कार्यक्रममा ६ महिला सहित ६९ जनाले रक्तदान गरेका थिए । परिवार सेवा समाज नवलपुरका अध्यक्ष प्रकाश परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग प्राप्त भएको थियो। कार्यक्रमको सञ्चालन समाजसेवी तेजनारायण पाण्डेले गरेका थिए।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :