single head

नेपालले आजदेखि बंगलादेश बिजुली निर्यात शुरु गर्दै

single post top 1

कात्तिक ३०,काठमाडौं । नेपालले आज देखि बंगलादेश बिजुली निर्यात शुरु गर्दै छ।

single p1

नेपालबाट पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुने भएको छ । गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएकामा यस वर्षका लागि कात्तिक ३० गते एक दिन मात्र बङ्गलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

single p2

नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले दिउँसो १२: ४५ बजे संयुक्त रूपमा भर्चुअल उद्घाटन गरी बंगलादेश विद्युत निर्यात सुरु गर्नेछन् ।

शुक्रबार करिब ११ घण्टा बिजुली बिक्री गर्दा प्राधिकरणले ३८ लाख ३२ हजार ४ सय रुपैयाँ आम्दानी गर्ने छ ।
प्राधिकरणका अनुसार २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बेच्न लागिएको हो।

आज एकदिन बिजुली बेचेपछि अब एकैचोटि अर्को वर्ष जुन १५ मा बंगलादेश विद्युत् निर्यात गरिनेछ। त्यसपछि भने बिजुली निर्यात नियमित हुने बताइएको छ । बंगलादेशलाई बिजुली बेच्दा देशलाई प्रतिमहिना झन्डै ३३ करोड आम्दानी हुने विद्युत् प्राधिकरणले जनाएको छ।

नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात् बङ्गलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् पुग्ने छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3