spot_img

Thursday, November 14, 2024

गण्डकी प्रदेश र गैँडाकोटको विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्ने – अध्यक्ष चन्द्रप्रसाद ढकाल

कात्तिक २६ ,गैँडाकोट। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सो कुरा बताउनु भएको हो  ।

  • -advertisement-
  • -advertisement-

अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गर्नु भयो  । व्यवसायमैत्री कानुन बनाउनका लागि नीति निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने ढकालको भनाइ रहेको थियो  । नवलपुरको धौवादी फलाम खानीका लागि प्रत्येक वर्ष बजेट परेपनि योजना अघि बढ्न नसकेको भन्दै उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर यस्तो आयोजनाहरुको काम अगाडि बढाउनुपर्नेमा सुझाव दिनुभयो ।

मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पुँजी आवश्यक पर्ने र त्यसका लागि लगानीको वातावरण बन्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनु भयो  । उहाले  गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजीक्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताउनु भयो  ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार