नेपाली चलचित्र ‘केटी हराएको सूचना’ अब कात्तिक ३० मा नआउने

taja samachar side 1

कात्तिक २५ ,काठमाडौं । कात्तिक ३० गते प्रदर्शनको लागि तयारी अवस्थामा रहेको नेपाली चलचित्र ‘केटी हराएको सूचना’ अब निर्धारित मितिमा नआउने भएको छ ।

शुक्रवार निर्माता तथा निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रदर्शन स्थगित गरिएको जानकारी दिएका छन् । प्रदर्शन स्थगित हुनुमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले गरिरहेको अभूतपूर्व व्यापारलाई कारण देखाइएको छ ।

Article Inline 2

विज्ञप्तिमा भनिएको छ, “जुन प्रकारले ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा हलहरूले शो बाँडफाँट गर्नुपर्ने र यसले ‘पूर्ण बहादुरको सारङ्गी’जस्तो ऐतिहासिक व्यापार गरिरहेको चलचित्रलाई असर पर्ने सम्भावना देखिएकोले ‘केटी हराएको सूचना’को प्रदर्शन हाललाई स्थगित गरिएको छ । यसले इतिहास कायम गर्न थालेको चलचित्रलाई सहजता दिन्छ भन्ने हाम्रो मान्यता हो ।”

‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेकाले ‘केटी हराएको सूचना’ले कम शो पाउने सम्भावना देखिएको थियो, जसका कारण निर्माताले रिलिज रोक्नु नै उचित विकल्प ठानेका छन् । अब कात्तिक ३० गते फिल्म ‘ह्रस्व दीर्घ’ एकल प्रदर्शन हुनेछ भने दक्षिण भारतको चलचित्र ‘कंगुवा’ पनि प्रदर्शनमा आउने सम्भावना छ ।

‘केटी हराएको सूचना’को नयाँ रिलिज मिति भने घोषणा गरिएको छैन ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :