आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोट : नेपालले आज थाइल्याण्ड विरुद्व खेल्ने

under rastriya

 कात्तिक २५ ,काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्ड विरुद्व खेल्ने भएको छ।

नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३:१५ बजे सुरु हुने छ। गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

Article Inline 2

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो। यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको थियो। उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ। यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :