नेपाल तरुण दल नवलपुर द्धारा महेन्द्र स्मारक विद्यालयमा शैक्षिक सामग्री वितरण

kala sahitya bottom

 कार्तिक १२ ,गैंडाकोट। नेपाल तरुण दल नवलपुरले आफ्नो संगठनको ६४ औ स्थापना दिवसको अवसरपारेर गैंडाकोटमा रहेको महेन्द्र स्मारक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालयमा वालविकास देखि कक्षा ८ सम्म अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई आइतबार एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण सहित तिहार छठ र नेपाल सम्वत पर्वको शुभकामना आदानप्रदान समेत सोही अवसरमा गरेको हो। नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचन प्रमुख अतिथि रहेको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भट्टचनले कांग्रेसको भातृ संगठनका रूपमा रहेको तरुण दल राजनीतिमा मात्र नभई सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय रहेकोमा आफूलाई खुसी लागेको बताए।

Article Inline 2

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य खगराज सापकोटा, गण्डकी प्रदेश क्षेत्र नम्बर १ क का सभापति गोपाल सापकोटा, तरुण दल केन्द्रीय समिति सदस्य मोतीचन्द्र चालिसे लगायतले तरुणको सिद्धान्तमाथि प्रष्टाएका थिए। शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता हरू वेदप्रसाद गौडेल, प्रकाश सापकोटा, कविराज अर्याल, प्रतिक सापकोटा, नारायण सापकोटा, सोही विद्यालयका प्र: अ शिवराज काफ्ले लगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता र विद्यालय व्यवस्थापन समिति को उपस्थिति रहेको थियो।

शैक्षिक सामग्री वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई तरुण दल जिल्ला अध्यक्ष मिन घलेले अध्यक्षता गरेका थिए । सचिव हरेराम सापकोटाले सञ्चालन गरेका थिए।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :