स्वावलम्बन महिला समूह गैंडाकोटको अध्यक्षमा कल्पना शर्मा चयन

arthik side 1

असोज १९, गैडाकोट । स्वावलम्बन महिला समूह गैंडाकोटको अध्यक्षमा कल्पना शर्मा चयन हुनुभएको छ ।
शनिबार स्वावलम्बन विकास सङ्घको सभाहलमा भएको  समूहको नवौं साधारण सभा तथा पाँचौं नेतृत्व चयनबाट कल्पना शर्माको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका छन्।

Article Inline 2

त्यस्तै समूहको उपाध्यक्षमा शान्ति शर्मा, सचिवमा पवित्रा पौडेल ,कोषाध्यक्षमा नर्मदा पाण्डे, स-सचिवमा बिमला शर्मा र स कोषाध्यक्षमा संगीता सुवेदी चयन भएका हुन ।

त्यस्तै सदस्यहरूमा गङ्गादेवी चापागाईं ,कमला चालिसे, पुष्पा चापागाई, मेनुका सापकोटा र पार्वती सापकोटा चयन भएका हुन ।

स्वावलम्बन महिला समूहको पाँचौं नेतृत्व चयनबाट सर्वसम्मत रुपमा समिति चयन गरिएको निर्वाचन समिति संयोजक निवर्तमान गैडाकोट वार्ड नम्बर ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

स्वावलम्बन टोलभित्र कार्यक्षेत्र रहेको समूहमा अहिलेसम्म ६१ जना आबद्ध रहेका छन्।


यस अघि नवौं साधारण सभामा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुवास चापागाईंले यो महिला समूहले आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण महिलालाई समेटेर ,सबैसँग मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो सकारात्मक सोच राखेर सबैले काम गरेमा अगाडि बढ्न सकिने बताउनुभयो।

कार्यक्रममा प्रगति प्रतिवेदन सचिव कमला चालिसेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पार्वती सापकोटा चालिसेले प्रस्तुत गरेका हुन ।

कार्यक्रममा सल्लाहकार गंगाप्रसाद सुवेदी ,स्वावलम्बन टोल विकास संस्थाका अध्यक्ष तेजेन्द्र चालिसे लगायत सदस्यहरूको उपस्थिति रहेको थियो । समूहको अध्यक्ष गंगादेवी चापागाईंको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव कमला चालिसेले गर्नुभएको थियो।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :